• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतबाट आएका शंकास्पद ९ जनाको कोरोना परिक्षण, आयो यस्तो रिपोर्ट

    1.4K
    SHARES

    काठमाडौँ । हुम्लाबाट सुर्खेत पठाइएका नौ वटा शंकास्पद स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षण जिल्लामा नहुदा सुर्खेतमा पठाइएका ती स्वाबहरु परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो । भारतका काम तथा ब्यापार गरि जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेका नौ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि सुर्खेत पठाइएको र ती स्वाबहरुको सुर्खेतमा परिक्षण हुदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।

    यस अघि जिल्लामै आडीटि किटबाट उहाँहरुको रगत परिक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि भारतबाट आएको हुदा कर्णाली प्रदेशको सामाजिक मन्त्रालयको अनुरोधमा उनीरुको नौ जनाकै स्वाब सुर्खेत पठाइएको थियो ।

    प्रमुख सिंहले रिपोर्ट नेगेपिटभ आएपछि हुम्ला हालसम्म सुरक्षित रहेको बताए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको भएपनि हवाई जहाजहरुले बोक्न नमान्दा सुर्खेत पठाउन सकिएको थिएन । शनिबार निक्कै छलफलपछि अन्तिम फ्लाईटमा तारा एयरले सो स्वाब बोक्न मानेपछि मात्र सुर्खेत पठाउन सकिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया