• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नेपालको यो गाउँमा १२ जना कोरोना संक्रमित भेटिएपछि लिइयो यस्तो कडा एक्शन

    1K
    SHARES

    उदयपुरमा कोरोना संक्रमित व्यक्तिहरु फेला परेपछि सप्तरीका स्थानीयतहले विभिन्न वडालाई शिलबन्दी गरेका छन् । सप्तरी हुदैँ उदयपुरका मस्जिदमा कोरोना संक्रमितहरु गएको आशंकामा अहिले ती क्षेत्रमा पर्ने स्थानीय तहले उक्त कदम चालेका हुन् । कोरोना संक्रमणको त्रासले सप्तकोशी नगरपालिकाका ३ वटा टोललाई शिलबन्दी गरेको गरेको छ ।

    स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयले शनिबार बिहानदेखि नगरपालिकाको वडा नम्बर १ स्थित फत्तेपुर बजार, वडा नम्बर २ स्थित सिद्धिपुर र वडा नम्बर ४ स्थित बलारदहका स्थानीयवासीको तत्काल र्यापिड टेस्ट गर्न शिलबन्दी गरिएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्माले जानकारी दिए । शुक्रबार उदयपुर जिल्लाको भुल्केमा रहेको मस्जिदभित्र १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया