• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News Highlights समाचार

    चौकुने गाउँपालिकाले झापा र मोरङबाट उद्दार गरी सुर्खेत पुर्यायो आफ्ना नागरिक

    1.3K
    SHARES

    काठमाडौँ । कोरानाका कारण देश लकडाउनमा परेका बेला केहि नागरिक खान बसनको ठेगान नभएर हजारौ माइलको दुरी पैदल यात्रा तय गरिरहेका बेला सुर्खेतको चौकुने गाउँपालिकाले भने उदारणिय काम गरेको छ । लकडाउनका कारण घर आउन नपाएका आफ्ना नागरिकहरूलाई उद्दार गरी घर पुर्‍याएको छ।

    रोजगारीको सिलसिलामा भारत गएका नागरिकलाई गाउँपालिकाले झापा र मोरङबाट उद्दार गरी बिहीबार साँझ ल्याएको हो। भारतको बिहारमा काम गर्न गएका ३१ जना नागरिकलाई झापा र मोरङबाट उद्दार गरी ल्याइएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए। तीमध्ये २० जना चौकुने गाउँपालिकाका हुन्।

    बाँकी आठबिस नगरपालिकाका दैलेखका २ जना, पञ्चपुरी नगरपालिका सुर्खेतका १ जना, कैलालीका ६ जना, जाजरकोटका २ जना रहेको उनले जानकारी दिए। उनीहरूलाई लिन गाउँपालिकाको खर्चमा दुइटा गाडी रिजर्भ गरी झापा र मोरङ पठाइएको थियो।

    ‘उहाँहरू लकडाउनका कारण भारतबाट सीमामा रहेका जिल्लामा मात्र आउन सक्नुभएको थियो, हामीले पहल गरेर उतै क्वारेन्टिनमा राख्न लगायौं,’ अध्यक्ष शाहीले भने, ‘१८ दिनसम्म क्वारेन्टिन बसिसकेपछि गाउँपालिकाले उद्दार गरी ल्याएको छ।’

    अध्यक्ष शाहीका अनुसार उनीहरू सबैको कोभिड–१९ परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। गाउँपालिकाले पठाएका गाडीमा आएका अन्य जिल्लाका मानिस आ–आफ्नो ठाउँतर्फ गइसकेको पनि उनले बताए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया