• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update प्रवास

    बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना देखियो, संक्रमित नेपालीको संख्या ४९ पुग्यो

    काठमाडौँ । बिस्वभर कोरोना संक्रमण बढेसंगै बिदेशमा विभिन्न देशमा रहेका नेपालीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

    थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन। त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ।

    हालसम्म प्रवासमा रहेका करिब १ सय भन्दा बढी नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । केही नेपालीको कोरोनाका कारण मृत्यु पनि भइसकेको छ ।

    यस्तै शुक्रबार नै नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा लुकेर बसेका १२ जना भारतीय नागरिक र चितवनमा परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको छ । यद्दपि टेकुस्थित स्वास्थ्य बिज्ञान प्रयोगशालाले भने पुष्टी गरेको छैन ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ