• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights समाचार

    नेपाल छिरेर लुकेरै उदयपुर पुगेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

    1.5K
    SHARES

    बिराटनगर । बिस्वभर कोरोनाले आंतक मच्चाईरहेका बेला कोरोनाकै डरले भारतबाट लुकेर नेपाल छिरी उदयपुरसम्म पुगेका ८ जना भारतीय नागरिकमा कोरोनाको आशंका गरिएको छ । लकडाउनको समयमा बिराटनगर हुँदै उदयपुरसम्मा पुगेका उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ ।

    उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली आएको पाइएको थियो ।

    भारतमा लकडाउन भइरहेका बेला नेपाल छिरेमका उनीहरुमाथि आशंका लाग्दा र्‍यापिड टेष्ट गरिएको थियो ।
    शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन भने बाँकी छ ।

    शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले दिएको जानकारी अनुसार उनीहरुले आफ्ना नातागोता भेट्न आएको भनेर बहाना बनाएका छन् । भारतमा कोरोना फैलीसकेपछि नेपाल छिरेका हुनाले उनीहरुको कुरामा शंका गर्नुपर्ने देखिन्छ ।

    प्रसाशनले सोधपुछ गर्दा उनीहरुले भने आफूहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उपदयपुर आएको दाबी गरेका छन् ।

    भारतका विभिन्न सञ्चारमाध्यममा नेपालबाट कोरोना संक्रमितहरु भारत तिर आएको र त्यसमा गाउँपालिका अध्यक्ष जालिम मियाको हात रहेको भनेर समाचार भाइरल बनाइरहेका बेला उल्टै संकास्पद भारतीय नागरिकहरु नेपाल छिरेका र उनीहरुको रिपोर्ट पोजेटिभ देखिएकाले नेपालका नागरिक भारतीयहरुप्रति आक्रोशित भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ