• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    लकडाउनको २५ औं दिन २५ तस्विरमा काठमाडौं- यस्तो देखियो चहलपहल र दर्शनार्थी बिनाको पशुपति

    2.1K
    SHARES

    काठमाडौँ । कोरोनाको संक्रमण रोक्न सरकारले लकडाउन गरेको आज २५ औं दिन काठमाडौँका सडक सुनसान देखिए भने अरु बेला लाखौ दर्शनार्थीले भरिभराउ देखिने काठमाडौँको पशुपती क्षेत्रमा चहलपहल छैन । केही घरबार बिहिन व्यक्तिहरु पशुपती क्षेत्रमा खाना पाउने आशामा बसेका देखिन्थे भने, केही मागेर खानेहरु बाटो कुरेर बसेका थिए ।

    पशुपति क्षेत्रमा अरु बेला सयौको संख्यामा देखिने जोगीहरु पनि यतिबेला खासै देखिएनन् । पशुपती क्षेत्रमा सधैजसोदेखिने बादर र परेवाहरु समेत संख्यात्मक रुपमा निक्कै मन देखिए । बिस्तारै मानब रहित क्षेत्र जस्तो बन्दै गैरहेको पशुपतीको अबलोकन गर्न निस्किएको सञ्चारकेन्द्रको टीमले जम्मा एक जना जोगीलाई उक्त क्षेत्रमा भेटायो भने अर्का एकजना मजदुरले आफुले काम नपाएका कारण खान बस्न नसक्ने अबस्था भएको भन्दै जंगलमा सुतिरहेको दुखेसो पोखे । यो बाहेक अरु कुनै मान्छेसंग भेटघाट नै भएन ।

    दैनिक दर्जनौ शवहरुको अन्त्यष्टि हुदै आएको आर्यघाट पनि सुनसान नै थियो । शुक्रबार पशुपति आर्यघाटमा एउटा मात्रै शव जलिरहेको थियो तर मलामी भने न्यून थिए । पशुपती क्षेत्रभित्र देखिएका केहि समित मान्छेहरुका बिचमा सामाजिक दुरी भने खासै कायम गरिएको देखिएन । त्यस प्रकारको असावधानीले कोरोना संक्रमण बढ्ने खतरा भने उतिकै रहन्छ । यस्ता धार्मिक र मन्दिर भएका स्थानको रेखदेखका बारेमा प्रशासन अझै संबेदनशिल रहन सकेन कि भन्ने देखिन्छ ।

    त्यसपछि हामीले एयरपोर्ट क्षेत्रमा केही मोटरसाइकल यात्रीलाई ट्राफिक प्रहरीले रोकेर सोधीखोजी गरिरहेको । त्यसै क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी गौशालबाट कोटेश्वरतर्फ हानिदै गरेको एक मालबाहक ट्रकमा खाचाखाच मान्छे बोकेर ल्याइरहेको दृश्य देखियो ।

    उक्त ट्रकलाई पनि प्रहरीले केरकार गरिरहेको थियो । हामी नजिक पुग्दा पुग्दै ट्रक मान्छे बोकेर हुकियो, प्रहरीका अनुसार उनीहरु काठमाडौ आसपास घर भएका मजदुर थिए । सायद उनीहरु लकडाउनकै कारण अफ्ठ्यारोमा परेर ट्रकको सहारा लिएर बासस्थानतर्फ जान लागेको हुनुपर्छ ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ