• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेस

    सिभिल बैंकद्धारा कोरोना रोकथाम कोषलाई ८७ लाख सहयोग

    1.8K
    SHARES

    काठमाडाैं । सिभिल बैंक लिमिटेडले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैँया प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट ८ लाख ५० हजार रुपैया समेत गरी सो सहयोग रकम प्रदान गरेको हो।

    सो रकम मध्येबाट ४३ लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषुको खाता मा दाखिला गरिएको छ। त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रति प्रदेश ५ लाख रुपैँयाका दरले गरी जम्मा ३५ लाख रुपैँया प्रदान गरिने भएको छ।

    कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया