• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    धनगढीमा थप २ जनामा देखियो कोरोना पोजेटिभ, स्वाब काठमाडौं पठाइयो

    1K
    SHARES

    काठमाडौँ । धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए।

    धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए। डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टिनमा बसेका छन्।

    नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २/२ जना संक्रमितको उपचार भइरहेको छ।

    यस्तै र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए ।

    यसअघि झापाको हल्दीबारीमा बुधबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

    त्यसपछि ती युवकसहित उनको परिवारका सदस्य र आफन्तसहित २१ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । अरुको रिपोर्ट भने आउन बाँकी छ ।

    हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ