• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुखद खबर- कोरोना संक्रमित गर्भवति नर्सको मृत्यु, बच्चाको अवस्था थाहा पाएर डाक्टर र परिवार नै दंग

    1.2K
    SHARES

    एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको निधन भयो । लगत्तै आपकालीन शल्यक्रिया गरी उनको गर्भमा रहेकी छोरी भने जीवितै जन्माउन अस्पतालका डाक्टर सफल भएका छन् ।

    विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन भएको हो । उनी सोही अस्पतालमा विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत थिइन् ।

    उनलाई अप्रिल ७ मा अस्पताल भनाई गरिएको थियो । त्यसको दुई दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आइतबार उनको निधन भए लगत्तै आकश्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा शकुशल निकाल्न डाक्टर सफल भएका हुन् ।

    नवजात शिशुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाइएको छैन । मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्।

    मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ । नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।

    नर्स मेरीले मार्च १२ सम्म काम गरेकी थिइन् । त्यसपछि सुत्केरी हुने समय नजिकिएकाले बिदा लिएकी थिइन् । तर बच्चा जन्माउन नपाउँदै उनलाई कोरोनाको संक्रमण भएको हो । यस्तै कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्‍याउन नपाई घरमै मृत्यु भएको खुलेको छ ।

    मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भएको न्यूयोर्क सिटिले जनाएको छ । यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् ।

    न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो । मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।

    कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । विहीबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो ।

    इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ८६८ पुगेको छ । एकै दिन ४ हजार ६०३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९८ हजार ४७६ पुगको छ ।

    बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८५ हजार २६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

    यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ