• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६ हजार बढी मानिसको कोरोना परीक्षण

    1.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म ४ हजार ९ सय ८६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबारसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधि र प्रयोगशालामा गरी ६ हजार जना भन्दा बढीको कोरोना संक्रमण परीक्षण गरिएको जानकारी दिएको छ ।

    सुदूरपश्चिम प्रदेशमा आरडीटी विधिबाट तीन हजार ५ सय ९ जना र पीसीआर विधिबाट एक हजार ४ सय ७७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । दुई हजार ५ सय २८ जनाको स्वाब संकलन गरिएकोमा प्रयोगशालाबाट एक हजार ५१ जनाको नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

    र्‍यापिट टेष्टअन्तर्गत ३ हजार ५ सय ९ जनाको नमुना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । मन्त्रालयका अनुसार, बुधबारसम्म कैलालीमा १ हजार सय ४३, कञ्चनपुरमा ४ सय १५ , बैतडीमा १ सय ४६, डडेल्धुरामा ९३, डोटीमा ३ सय १२, बझाङमा ४ सय ६४, अछाममा ६४ र बाजुरामा ६३ जनामा र्‍यापिड टेस्ट गरिएको छ ।

    पीसीआर प्रबिधिबाट १ हजार ४ सय ७७ जनाको परीक्षण गरिएकोमा ५ जनालाई संक्रमण पुष्टि भएको थियो । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

    बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोषका लागि यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेकाले १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बुधबार रातिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको पनि जानकारी दिए ।

    उनले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणापत्रलाई सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिए । प्रदेश सरकारले कोरोना प्रभावित, पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख र क्यान्सर पीडित पत्रकार कमल पौडेललाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ