• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सप्तरीमा भारतबाट फर्केका दुई जनाको र्‍यापिड टेस्ट नतिजा पोजेटिभ, पिसिआरमा देखियो नेगेटिभ

    1K
    SHARES

    काठमाडौँ । देशभर चलिरहेको कोरोना परिक्षणको र्‍यापिड टेस्ट भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिमा कोरोना पोजेटिभ देखिए पनि पिसिआरमा गरिएको परीक्षणमा भने नेगेटिभ आएको छ।

    उनीहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो। मंगलबार र्‍यापिड टेस्ट गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि धरान पठाइएको थियो। उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए।

    र्‍यापिड टेस्टमा पोजेटिभ आएपनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नहुन सक्छ। त्यसैले र्‍यापिड टेस्ट पोजेटिभ देखिए एकीन गर्न पिसिआर परीक्षण गर्नुपर्छ। र्‍यापिड टेस्टले शरीरमा भाइरसविरुद्ध लड्ने एन्टिबडी उत्पादन भयो वा भएन भनेर पत्ता लगाउने हो। यो एन्टिबडीले भाइरसलाई खाइदिन्छ र नयाँ संक्रमण हुन नदिन मद्दत गर्छ।

    यस्तै आजै काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ। बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो। दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।

    स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ। गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य(आमा र छोरा)लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो। संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।

    सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।

    त्यस्तै उता चितवनमा पनि एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको छ। फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए।

    थप परीक्षाको लागि उनको स्वाब भरतपुर पठाइएको खड्काले जानकारी दिए। कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टिबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

    त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टिबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया