• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लुकीछिपी नेपाल छिरेका ५० जनाको कोरोना परीक्षण, आयो यस्तो रिपोर्ट

    1.5K
    SHARES

    काठमाडौँ । छिमेकी  सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनाको र्‍यापिड परीक्षण गरिएको छ । परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

    भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनीहरुको पनि कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीका २० स्थानीय तहले ३७ स्थानमा ३८३ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

    यस्तै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट १ लाख २६ हजार ७५४ जनाको मृत्यु भएकाे छ । संक्रमितको संख्या २० ६५ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् । ६ हजार ९२० जनाको ज्यान गएको छ ।

    सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ । अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६१० जना उपचाररत छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।

    स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    इटालीमा बुधबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

    इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ ।

    बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । जसमा एकै दिन ७७८ जना संक्रमित भएको जनाइएको छ । बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८१ हजार ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ