• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी, संक्रमितको संख्या १४ पुग्यो

    1.6K
    SHARES

    काठमाडौं । नेपालमा थप एक जना युवकमा कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको हो । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

    यसआघि आज नै कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउन अघि ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बस्न आएकी उनीसहित १७ जनालाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।

    त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो । संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

    तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । चीनको वुहानबाट सुरु भइ विश्वव्यापी माहामारीका रुपमा फैलीरहेका कोरोना भाइरस नेपालमा पनि त्रास बढीरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

    नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।

    आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ