• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा सीमा क्षेत्रमा झ’डप, केछ अवस्था

    2.4K
    SHARES

    सिरहा । सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा झ’डप भएको छ। उक्त  झ डपका क्रममा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका एक जवान घाइते भएका छन् ।

    सिरहा नगरपालिका–१९ सोहर्वास्थित नाकाबाट सोमबार बिहान १ जना भारतीय नागरिक हातमा ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्न खोजेका थिए । सशस्त्र प्रहरीले उनलाई नेपाल प्रवेश गर्न नदिइ भारततर्फ फिर्ता पठाएको थियो ।

    उनी फिर्ता भएको केही समयमै करिब २० जनाको समूहमा आएका भारतीय नागरिकले सीमा क्षेत्रबाट २ मिटर नेपालतर्फ प्रवेश गरी सुरक्षाकर्मीको टोलीमाथि ढुङ्गामुडा प्रहार गरेका थिए ।

    भारतीय नागरिकले प्र’हार गरेको ढु’ङ्गा’मु’डा’बाट सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलका जवान राजनकुमार चौधरी घाइते भएका सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रविण कँडेलले जानकारी दिए ।

    एसपी कँडेलका अनुसार सुरक्षाकर्मीमाथि ढु’ङ्गा’मु’डा प्र”हार गर्ने एक भारतीयलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका भारतीय नागरिकमा भारत महुलिया घर भएका मोहनकुमार यादव छन् । उनी भारतीय सीमा सुरक्षा बल ६७२ बटालियमा कार्यरत रहेका खुलेको एसपी कँडेलले जानकारी दिए । तस्विर गुगलबाट

    यसैबीच आरडीटी किट्सबाट गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएकी महिलालाई अस्पताल लैजान एम्बुलेन्स चालक ह’च्कि’एका छन् । संक्रमण रोक्न आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइँदा पनि चालकले बिरामी बोक्न नमानेका हुन् ।

    एम्बुलेन्स चालकले नमानेपछि प्रहरीले उनलाई आइतबार राति ११ बजे मात्र धौलागिरि अस्पताल पुर्‍’याएको छ । काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलालाई ल्याउन पठाइएका एम्बुलेन्स चालकले गाडी बिग्रेको बहाना बनाएपछि प्रहरीले नै अस्पताल लगेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । ‘आवश्यक सामग्री दिइएकै थियो तर चालकले नमानेर बिग्रेको बहाना बनाएछ,’ उनले भने, ‘अब चालकको भर परेर बस्दैनौं, प्रहरी नै खटिन्छ ।’

    प्रहरीले रेनकोट लगाएर काम गर्नुपरेको भन्दै भट्टले पीपीईलगायत सामग्री उपलब्ध गराइदिन आग्रह गरेका छन् । भारतको गया पुगेर आएकी ती महिलामा र्‍यापिड परीक्षणले पोजिटिभ देखाएपछि आइतबार दिउँसो नै अस्पताल लैजान चालकलाई भनिएको थियो ।

    उनको घरका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । अन्य आफन्तको परीक्षण गर्न बाँकी छ । यसअघिकी छैटौं संक्रमितलाई अस्पताल ल्याउन पनि रेडक्रसका चालक नमानेपछि जिल्ला स्वास्थ्यप्रमुख सुरज गुरौले कार्यालयकै चालकलाई मनाएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया