• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली सौन्दर्य-टिप्स

    कोरोना भाइरसले कसरी लिन्छ मानिसको ज्यान, बच्नका लागि के गर्ने ?

    2.3K
    SHARES

    डा. कल्याण सुवेदी । कुनै पनि भाइरसले आँफै नयाँ भाइरस बनाउन सक्दैन। त्यसको लागि भाइरसले पशुपन्छी, मानिस वा अन्य जीवको कोषको भर पर्नुपर्छ। तर शरीरको कोषले जे पायो त्यहि आँफू भित्र छिर्न दिंदैन। त्यहि भएर भाइरसले मानवको कोषलाई झुक्याउन आफ्नो शरीरको बाहिरी भागमा रहेको प्राेटिन तत्व प्रयोग गर्छ।

    जसले गर्दा हाम्रो शरीरको कोष आफ्नै केहि भाग होला भनेर झुक्किन्छ र भाइरसलाई छिर्न दिन्छ। काेराेना भाइरस फोक्सोको कोष भित्र छिरेपछि कोष भित्रको जेनेटिक मटेरियल प्रयोग गरेर अन्य धेरै भाइरस बनाउँछ र उक्त कोषको अन्त्य गरिदिन्छ।

    अनि जति धेरै भाइरस भए उति नै धेरै फोक्सोको कोष मर्ने हुन थाल्छ। त्यसपछि सोहि मरेको कोष नजिक सुन्निने र तरल पदार्थ जम्ने प्रक्रिया चल्छ। यसले गर्दा फोक्सोमा अक्सिजन रक्तनलीमा गएर रगतमा अक्सिजन सिंचाई गर्ने प्रक्रिया ठप्प हुन्छ र फोक्सो आँफै असक्त हुँदै जान्छ। यस्तो बेलामा समयमै भेन्टिलेटर मेसिन प्रयोग गरेर फोक्सोलाई सुचारु राख्ने र अक्सिजन रगतमा पठाउने गर्नु पर्छ। यसो गर्दा पनि कसैको शरीरले अक्सिजन पर्याप्त नपाएर अन्य अंगहरुलाई कमअक्सिजनमा काम गर्नु पर्ने हुन्छ।

    पहिलैदेखि स्वस्थ र तन्दरुस्त नभएका शरीरले यस्तो अक्सिजन कम हुने अवस्था थेग्न सक्दैन र ज्यान जान सक्छ। त्यसैले प्राय ५०/६० नाघेका, पहिले देखिनै डाइबेटिज,ब्लड प्रेसर आदिको समस्या भएर अंगहरु थाकिसकेका, चुरोट पिउने बानि भएका र प्रतिराेधात्मक शक्ति कम भएकामा काेराेना भाइरसले छिटो असर गर्ने हुन्छ।

    नाम परिवर्तन
    सुरुमा काेराेना भाइरसलाई 2019-nCoV नामकरण गरिएको थियो। प्राय कुनै रोगको महामारी फैलिएपछि उक्त नामसंगै कुनै एक देश, जात, भाषा र अनुहारलाई जोडेर सामाजिक कलंक, सामाजिक बहिस्कार हुने डरले पहिले चलिरहेको नाम परिवर्तन गर्ने गरिन्छ र नयाँ वैज्ञानिक नाम दिइन्छ। यहिअनुसार काेराेना भाइरसकाे नाम पनि काेविड-१९ मा परिवर्तन गरियो।
    किन यस्तो नयाँ नयाँ भाइरस देखा पर्छ?

    धेरै भाइरसहरु प्राकृतिक रुपमै चमेरा, हाँस लगाएत धेरै जंगली जनवार र जीवमा हुन्छन्। कुनै कुनै vभाइरस त्यस्ता जीवबाट मानिसमा सर्छन् र जसलाई सर्यो उसलाई असर गर्ने हुन्छ। तर एउटा मानिसबाट अर्को मानिसमा सर्ने हुँदैन। तर कुनै भाइरसले बेला बेलामा आफ्नो जीन परिवर्तन गरिदिन्छ र एक मानिसबाट अर्को मानिसमा सरिदिने बनिदिन्छ। यसरी एक मानिसबाट अर्को मानिसमा सर्ने भैसकेपछि केहि दसकदेखि केहि सय बर्ष लगाएर मानव शरीरले त्यस्ता भाइरसबिरुद्ध लड्ने शक्ति उत्पादन गर्छ र अन्य रुघाखोकी भाइरसलाई जस्तै सामान्यकरण गरिदिन्छ। तर यस अहिलेको काेराेना भाइरस अर्थात् (COVID 19) को भाइरस पहिलेको काेराेना भाइरसभन्दा भन्दा फरक जीनकाे भएको हुँदा मानब शरीरको प्कोरतिरक्षा प्रणालीका लागि बिल्कुलै नयाँ भएको हुँदा हामीमा यस बिरुद्ध लड्ने प्रतिराेधी तत्व एन्टीबडी पहिले नै निर्माण भएर संचित भएको छैन।
    लक्षण

    यसको शुरुवाती लक्षण र सामान्य रुघाखोकीको लक्षण उस्तै हुन्छ। तर यसले अलि बढी गलाउने, खोकी निकै बढ्दै जाने, ज्वरो आउने, निकै थकित बनाउंदै जाने र स्वाशप्रस्वासमा समस्या दिंदै जाने हुन्छ।

    लक्षणको भरमा मात्र काेराेना भाइरस हो होइन छुट्याउन सकिदैन। तर आँफुलाई यस्ता लक्षण देखियो र आँफु नजिक काेराेना भाइरसको संक्रमण फैलियो भने आँफुलाई पनि सरेको अनुमान गर्न सकिन्छ।
    परिक्षण

    काेराेना भाइरस हो होइन भनेर पत्ता लगाउन नाक, मुख, घाँटी, फोक्सो वा रगतबाट नमूना लिएर भाइरसको जेनेटिक मेकअप कुन हो भनेर खोजि गरिन्छ र काेराेना भाइरसको जीनसंग मिल्यो भने पाेजेटिभ टेस्ट मानिन्छ।

    उक्त टेस्टको नतिजा आउन ढिलो भयो भने सिटीको भरमा मात्र पनि काेराेना भाइरस को उपचार सुरु गर्ने गरिन्छ।
    उपचार

    काेराेना भाइरसलाई पूर्ण नष्ट गर्ने औषधि उपचार आजको मितिसम्म छैन। यसले पार्ने असर कम गर्न मात्र औषधि उपचार गर्न सकिन्छ।
    धेरै देशमा अन्य खालको भाइरस र मलेरिया आदि बिरुद्ध दिइने औषधि प्रयोग गरिएको छ र आंकसिक रुपमा मात्र उपचार सफल हुन सकेको छ।

    यस भाइरसबिरुद्ध भ्याक्सीन परिक्षणकै अवस्थामा छन् र पहिलो चरणको भ्याक्सीन बैशाख भित्र आउंदै छ।
    भाइरस आँफूमा सर्न नदिन के के गर्न सकिन्छ ?

    यदि आँफु बसेको ठाउं नजिकको बस्तीमा काेराेना भाइरस फैलिएको छ भने निम्न कुराहरु गर्नुहोस।
    १; जोडले खोक्दा, हाच्छ्यु गर्दा नाक मुखबाट काेराेना भाइरस करिब ४-५ मिटरसम्म जान सक्छ। तर सामान्यतय सामान्य तबरले खोक्दा २ मिटरसम्म भाइरस जान सक्ने हुँदा सकेसम्म भिड भाडमा नजानुस।

    २; सार्वजनिक स्थानमा भएको कुनै पनि चिज सकेसम्म हातले नछुनुस। छुनै पर्ने भए तत्कालै अल्काेहल सेनिटाइजरले हात सेनिटाइज गर्नुस वा साबुन पानीले राम्रोसंग हात धुनुस। सार्वजनिक स्थानको ढोका खोल्नु पर्यो भने कुहिनो वा खुट्टा प्रयोग गर्नुस।

    ३; प्राय भाइरसहरु हात हुँदै नाक मुख भएर शरीर भित्र छिर्ने हुँदा हात अनुहारमा नाक मुख आँखामा लैजाने बानि हटाउनुस।
    ४; हात धुँदा साबुन लगाएर कम्तिमा २० सेकेन्ड हात माड्नुस। नङ भित्र, औंलाको कापा आदि राम्रोसंग सफा गर्नुस। सामान्यतय हामीले १० सेकेन्ड पनि हात धुँदैनौं। त्यसैले सामान्यतय धुने भन्दा दोब्बर समय लगाएर, निकै धैर्य गरेर, निकै ध्यान दिएर हात धुनु पर्छ।

    ५; आफ्नै घरछेउ टोलमा काेराेना भाइरस नफैलिँदासम्म मास्क लगाउन जरुरी हुँदैन। यदि मास्क लगाउनु पर्ने स्थिति आयो भने भाइरसको लक्षण हुनेले अरुलाई भाइरस नसरोस भनेर सामान्य सर्जिकल मास्क लगाउने र उक्त व्यक्तिको नजिक हुनेले वा उसको स्याहार सुसार गर्नेले आँफुलाई नसरोस भनेर सकेसम्म (N-95 mask) लगाउनु पर्छ। मिल्दैन भने सामान्य मास्लक गाउनु पर्छ। N-95 mask को अनुहारको बनोट अनुसारको फरक फरकसाइज हुने गर्छ। जुत्ताको साइज जस्ताे। मास्ककाे अभाव भयो भने घरमै बनाएको कपडाको दुई लेयरकोमास्क भनेपनि लगाउनुस।

    ६; यदि मास्क लगाउनु भएको छैन भने घरमा वा घर बाहिर खोक्दा वा हाच्छ्यु गर्दा सकेसम्म मुख छाेप्कोनुहाेस। पुन प्रयोग गर्ने कपडाको रुमाल प्रयोग गर्नु हुँदैन किनकि कपडाको रुमालमा लामो समय भाइरस बस्न सक्छ। यदि न्ेप्किन टस्यू पेपर साथमा छैन भने कुहिनोको भित्र खोक्नु पर्छ।

    ७; बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्नुस र दिनहु मिल्दासम्म धुनुस।
    ८; दिसाबाट पनिकाेराेना भाइरस सर्न सक्ने मानिएको छ। त्यसैले शाैचालय नियमित सफा राख्नु पर्छ।

    ९; काेराेना भाइरस कडा सतहमा वा सामानहरुमा केहि दिनसम्म रहन सक्ने हुँदा घरका सामानहरु दिनहु जसो ब्लीच प्रयोग गरेर सफा गरिराख्नु पर्छ। यसो गर्दा ग्लाेभ्स लउनुहोस।

    १०; काेराेना भाइरस लागेकोलाई हेरचाह गर्नेले शरीर सम्पूर्ण ढाक्नु पर्छ; टाउको, आँखा र खुट्टा सहित।
    ११; सहर सम्पूर्ण क्वारेन्टाइनमा पर्यो भने भनेको बेलामा घर बाहिर निस्कन नपाउने हुन सक्छ। त्यसैले अन्य कुनै औषधि नियमित खाने गर्नु हुन्छ भने तीन महिनाको लागि औषधि किनेर स्टक राख्नुस। अनि रुघाखोकी वा अन्य सामान्य चोटपटक, झाडापखाला र इन्फेक्सनको लागि प्रयोग हुने औषधिहरु किनेर स्टक राख्नुहोस।

    १२; यदि तपाईं आँफुमा cकाेराेना भाइरसको लक्षण महसुस गर्नु भो भने नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा फाेन गरेर मात्र जानुस। मिल्छ भनेर अत्यावशयक सेवालाई नै तपाईंलाई लिन बोलाउनुस।

    एउटा कुरा ध्यान दिनुस, यदि हाम्रो ठाउँ नजिक काेराेना भाइरस फैलियो र हामी सुरुसुरुमा निकै सतर्क भयौं भने पनि केहि दिनमा हामी अल्छी भै हाल्छौं, सुरुको जोस जागरण कम हुँदै जान्छ, भाइरस फैलन नदिन सतर्कता अपनाउनु पर्ने कार्यहरु सहि रुपमा गर्न छाड्छौं। त्यसैले सतर्कतामा कमि हुन नदिन एकले अर्कोलाई जोस्स्याई राख्ने ध्यान दिइराख्ने गर्नु पर्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया