• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रेडियो धनगढीमाथि काँग्रेस नेताको रबैयाविरुद्ध बोल्यो बिद्रोही नेकपा, हेर्नुहोस बिज्ञप्तिसहित

    1.2K
    SHARES

    काठमाडौँ । अर्थ सरोकारको साझेदार प्रशारण संस्था रेडियो धनगढीमा समाचारको विषयलाई लिएर कांग्रेस नेता सन्तोष मुडभरिले देखाएको दादागिरीप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण पत्रकार जगतलाई विचलित नभई काम गर्नसमेत अनुरोध गरेको छ ।

    धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीको समुहले समाचारको बिषयलाई लिएर रेडीयो धनगढीको कार्यालमै गएर पत्रकार नवराज धानु माथि गरेको आक्रमणको प्रयास प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटना निन्दनीय भएको जनाएको छ ।

    रेडियो धनगढी र अर्थ सरोकारमा प्रशारण हुने उक्त कार्यक्रममा मुडभरीले राहतको चामल लुकाएको जनताको फोन रेकर्डसहितको समाचार बजेपछि मुडभारीले दादागिरी देखाएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया