• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वीरगञ्जमा भेटिएका तीन कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य- स्वास्थ्य मन्त्रालय

    1.8K
    SHARES

    काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विरगंजमा रहेका तीनै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

    डा देवकोटाका अनुसार तीनै जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ, अस्पतालले उनीहरूकाे अवस्था सामान्य रहेकाे जानकारी दिएकाे उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

    संक्रमितहरु क्रमश ३७,४४ र ५५ वर्षका पुरुषहरु रहेका छन् । सरकारले अहिले विरगंजमा रहेका संक्रमितको सम्पर्कमा आएका व्यक्ति र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिसकेको जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म स्वाब थ्रोड (पिसिआर) विधिबाट हालसम्म ५ हजार एक सय ८४ वटा नमूना परीक्षण गरिएको छ । पिसिआर विधिबाट गत २४ घण्टामा ७ सय ९५ वटा नमूना परीक्षण गरिएको छ ।

    पिसिआर विधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गत २४ घण्टामा ६ सय २८ वटा परीक्षण भएको छ भने उपत्यका बाहिर १ सय ६७ वटा नमूना परीक्षण भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ८५ जना बिरामीहरु देशभरका आइसालेसनमा उपचारत छन् ।

    उनीहरुमध्ये १५ जना काठमाडौं उपत्यका भित्र रहेका छन् भने ७० जना काठमाडौं बाहिरका अस्पतालको आइसोलेसनमा रहेका छन् । यस्तै देशभर ७ हजार ९ सय ७३ जना क्वारेन्टाइमा रहेका छन् ।

    यस्तै स्वास्थ्य मन्त्रालयको एप्समार्फत आफ्नो लक्षणबारे जानकारी गराउनेको संख्या गत २४ घण्टामा ९ सय ९४ जना रहेको छ । उनीहरुमध्ये १७ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

    तीनवटा नयाँ संक्रमण भेटिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ पुगेको छ । पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् । तस्विर : गुगलबाट

    यसैबीच सरकारले कोरोना संक्रमण पछिको प्रभाव सम्बोधन गर्न ७७ अर्ब रुपैयाँ अर्थात् ६५ करोड अमेरिकी डलरको नयाँ परियोजनासहितको खाका तयार गर्न लागेको छ । विश्व बैंकको सहायतामा सञ्चालन हुने पाइपलाइनमा रहेका परियोजनालाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत सञ्चालनका लागि योजना तयार पार्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    ‘कोभिड रेस्पोन्स इन पाइपलाइन प्रोजेक्ट्स’का नाम तयार पारिएको खानाभित्र मुख्य ७ वटा परियोजना प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । सहरी विकास तथा पूर्वाधारमा १५ करोड, पर्यटन क्षेत्र पुनर्स्थापनामा ७ करोड डलर, कृषि, उच्च शिक्षा सुधारमा ८ करोड, स्थानीय सामाजिक सेवा विस्तारमा परिमार्जन ५ करोड र रोजगार सिर्जनामा १० करोड डलर र कोभिड विरुद्धको प्रोत्साहनमा १० करोड योजनासहित खाका तयार परेको मन्त्रालयले जानकारी लिएको छ ।

    सातवटा परियोजनालाई पुनः प्राथमिकीकरण गरेर कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने असर सम्बोधन गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । सरकारले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस पछिका लागि वैदेशिक सहायतामा सञ्चालित परियोजनालाई नयाँ प्राथमिकता जोडेर कोरोनाको प्रभाव न्यूनीकरण योजना तयार परिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिए ।

    सरकारले कोरोनापछि आर्थिक विकासका लागि ‘कोभिड रेस्पोन्स इन पाइपलाइन प्रोजेक्ट्स’ अन्र्तगत ७७ अर्ब रुपैयाँ अथात ६५ करोड अमेरिकी डलरको नयाँ परियोजनासहितको खाका तयार गरेको उनको भनाइ छ ।

    गत शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली अर्थतन्त्र पुनर्स्थापनाका विषयमा बहुपक्षीय विकास साझेदारसँग छलफल र परामर्श गरेका थिए ।
    आपतकालीन तथा आकस्मिक प्रयोजनका सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको अर्थ मन्त्रालयको औंल्याएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ