• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

    2K
    SHARES

    काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएकाहरुमा वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेका छन् । कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगञ्जको आईसोलेशनमा राखि उनीरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

    उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिवार पुन परीक्षण गरिएको र उक्त परीक्षणबाटसमेत नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुकपेज मार्फत जानकारी दिएको ।

    तीन जनाको नतिजा पोजिटिभ देखिएसँगै उनीहरुसँगको संसर्ग र उनीहरु गएको स्थानको पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना लागेका तीन जना मुस्लिम धर्म प्रचारका लागि आएका भारतीय रहेको समाचारहरु सार्वजनिक भएका छन् । तर मन्त्रालयले भने कुन देशका नागरिक हुन् भन्ने खुलाएको छैन ।

    यसअघि नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । थप भएको तीन जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर गइसकेका छन् ।

    ”पर्साको बिरगंज महानगरपालिका, वडा न. 2, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।

    उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।” मन्त्रालयले  फेसबुक पेजमा उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ