• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    लकडाउनको २० औं र बर्षको अन्तिम दिन चहलपहल बिनाको चिटिक्क काठमाडाैं, हेर्नुहोस २० तस्विरमा

    2K
    SHARES

    काठमाडाैं । आज चैत ३० गते आइतबार, अर्थात २०७६ सालको अन्तिम तथा लकडाउनकाे २०औं दिन। राजधानी काठमाडाैं सुनसान छ। भोली सोमाबर नेपालीहरुको महान चाड नयाँ बर्ष आउन अब केहि घण्टा मात्रै बाँकी छ । बिगतका नयाँबर्षहरुमा यतिबेला काठमाडाैका चोक-चोक र गल्ली-गल्लीहरुहरु किनमेल र सपिङ्गले भरिभराउ हुन्थे । तर यसअबर्ष भने चीनबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) का कारण देश लकडाउन छ ।

    जसकारण उपत्यकासहित देशका मुख्य शहरहरु सुनसान छन् । नयाँ बर्षको चहलपहल छैन, उपत्यका छोडेर नयाँ बर्ष मनाउन घर जानेहरु पनि लकडाउनका कारण जान पाएका छैनन् ।

    उसाे त अरू बेला सवारिसाधन, धुलो, धुवाँले र बाक्लो मान्छेको चापले अस्तव्यस्त बनेको काठमाडौँ अहिले भने शान्त, सफा र शुन्दर देखिएको छ । यहि बेला उपत्यकामा केहि भत्केका र विग्रेका सडकहरू मर्मतसमेत भइरहेका छन् ।

    आइतबार काेटेश्वरदेखि सातदोबाटो एकान्तकुना,बल्खु हुँदै तिरपुरेश्वोर, रत्नपार्क,घण्टाघर, पुतलीसडक,माइतिघर र सिनामंगलसम्म पुग्दा धुलाेधुँवा र जामरहित काठमाडाैं चिरिच्याट्ट बनेकाे भान हुन्थ्याे। कहिँ छुटफुटरूपमा सडकमा गुडेका साना सवारी साधनहरूमाथि सुरक्षाकर्मीकाे कडा नजर परेकाे देखिन्थ्याे भने कहिँ बाहिर ननिस्किन र घरमै बसेर सरकारले आव्हान गरेकाे लकडाउनलाई सघाउन आग्रह गरेकाे पनि देखिन्थ्याे।

    चीनको वुहानबाट विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले यहि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको हाे । सरकारले उक्त लकडाउन बैसाख ३ गतेसम्मका लागि जारी रहने बताएपनि प्रधानमन्त्री ओलिले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियाे कनफ्रेन्स गरेका थिए ।

    लकडाउनले राजधानीका गल्ली सकड ब्यापारी महल सुनसान बनेका छन् भने प्रत्येक चोकचोकमा प्रहरी खटिएका छन्। बजार ठप्प छ भने अत्यावश्यक सामाग्री पाइने पसल पनि छुटफुट खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन आगामि वैशाख ३ गतेसम्म जारी रहनेछ। लकडाउनकाे २० औं दिन यस्ताे कस्ताे देखियाे त काठमाडाैं ? हेर्नुहोस बाँकी तस्विरमा…..

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ