• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा थप ३ जना जनामा कोरोना संक्रमण भएकाे पुष्टि, काे हुन उनीहरू ?

    1.4K
    SHARES

    वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

    जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो ।

    त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

    सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

    लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

    ‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’ त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए । अनलाइनखबरबाट साभार

    भारतमा मृत्यु हुनेकाे संख्या ह्वात्तै बढ्याे, स्थिति भयावह हुनसक्ने संकेत, यस्ताे छ सार्कराष्ट्रहरूमा काेराेना प्रकाेप
    कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहान समाचार तयार पार्दासम्म ४२९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो ।

    माल्दिभ्स र नेपालमा संक्रमणका घटना भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन । सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ ।

    कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत पाँचौं स्थानमा रहेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार ३५५ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३९ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा १ हजार १०१ जना, चौथोमा इन्डोनेसियामा ३२७ जना र पाँचौमा रहेकाे भारतमा २८८ जनाको मृत्यु भएको छ । कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा आइतबार विहानसम्म २८८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको मृत्यु भएसँगै २८८ पुगेको हो । भारतमा एकैदिन ८४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९६९जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जना उपचाररत छन् ।

    भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ८६ जनाको मृत्यु भएको छ भने ५ हजार ११ जना संक्रमित भएका छन् । कोरोनाका कारण एकै दिन पाकिस्तानमा थप २० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८६ पुगेको हो ।

    पाकिस्तानमा शनिबार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ११ पुगेको हो । पाकिस्तानमा संक्रमितमध्ये ७६२ जना उपचारपछि निको भएका छन् । ४ हजार १६३ जना उपचाररत छन् । उनीहरुमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ । बंगलादेशमा शनिबार थप ३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । त्यसैगरी शनिबार थप ५८ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ४८२ पुगेको छ ।

    बंगलादेशमा संक्रमित ४८२ जना मध्ये ३६ जना उपचारपछि निको भइसकेको छन् । ४१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म १८ जनाको मृत्य भएको छ ।

    अफगानिस्तामा शनिबार थप ३ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शनिबार थप ३४ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या ५५५ पुगेको छ । अफगानिस्तानमा संक्रमितमध्ये ३२ जना उपचारपछि निको भएका छन् । ५०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका शनिबार थप ८ जना नयाँ संक्रमित भएटिए पनि पछिल्लो २४ घण्टामा कसैको ज्यान गएको छैन । हालसम्म श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् ।

    श्रीलंकामा विहीबार थप ८ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १९८ पुगेको हो । जसमध्ये ५४ जना उपचारपछि निको भएका छन् भने १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । गत चैत २० गते विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । त्यस यता नेपालमा नयाँ संक्रमित फेला परेका छैनन् । नेपालमा कोरोना संक्रमित ९ जनामध्ये एक जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएका नेपाली नागरिकहरु हुन । नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको आइतबार २० औं दिन पुगिसकेको छ ।

    सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबारसम्म थप संक्रमित र मृत्यु भएका नयाँ घटना देखिएका छैनन् । हालसम्म त्यहाँ १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

    सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ । भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जनामध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ