• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    सरकारी अन्यायको मूल्य अशुल्न एक-एक हिसाब राखौं

    1.6K
    SHARES

    यतिकाण्ड, गोकुल काण्ड हुदै ओम्नी काण्डसम्म आउँदा आफ्ना कर्तुतहरु लुकाउन सफल ओली सरकारले लकडाउनमा अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर अर्को रास्ट्रवादी इतिहास रचेछ । देशको ढुकुटी नस्ट गरेर, जनताको अबस्थामा कुनै परिबर्तन गराउन नसकेका वडादेखि राष्ट्रपतिसम्मका पुर्ब भिआईपीहरु र अरु कर्मचारीहरुको दुइ-दुइ महिनाको तलब भत्ता कटौती गरे मात्र पनि प्रयाप्त रकम जम्मा हुन्थ्यो ।

    यो रकमले थप एक महिना बराबरको तलब सुरक्षाकर्मी र स्वास्थकर्मीलाई दिन समेत पुग्थ्यो । माघको १५ तिरै देशमा रहेका बिदेशी र बिदेशमा रहेका नेपालीलाई १० दिनको समय दिएर आउने जाने समय राख्ने र आएका सबैलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राखेर घर-घरमा पठाईदिएको भए आज आन्तरिक लकडाउनमा यति धेरै समस्या नै आउदैन थियो ।

    हामी आ-आफ्नो काममा लाग्थ्यौ । आर्थिक अबस्थामा यस्तो गिरावट पनि आउदैनथ्यो । स्वास्थ सामाग्री र खाद्यान्न सामाग्री ६ महिनालाई पुग्ने गरि माघ मै तयारी गर्न हामिले सुझाव दियौं । तर अन्धो र कानो सरकार जनताको समस्या समाधान गर्ने र नागरिकका सुझाब सुन्न तिर हैन दलाल र बिचौलियासँग कमिसन सेटिङ्गमा लाग्न तल्लिन रह्यो । आज मुलुकमा महामारीसंगै भोकमरी लाग्ने हो कि भन्ने डर त्रासको सिर्जना भएर आएको छ ।

    ज्यालादारी गर्ने मजदुर बर्गलाई बिहान बेलुका चुल्हो बाल्न समस्या परेका बेला कतिपय जनप्रतिनिधि र वडाहरुमा राजनीतिक भागबन्डामा राहत बाडियो तर जसलाई सचिक्कै चुल्हो बल्न गाह्रो थियो तिनका आखामा आँसु छचल्किएका छ्न । यसबाट स्थानिय तहका प्राप्य प्रतिनिधिहरु पनि भ्रष्ट सत्ताका मतियार बन्न पुगेको प्रष्ट हुन्छ ।

    लकडाउनका बेला पत्रकार, सामाजिक अभियन्ता, नागरिक समाज र अन्य कुनै निकायले खोज अनुसन्धान गर्न तथा खबरदारी गर्न अनुकूल नभएको मौका छोपी कमिसनखोर र कालाबजारीको बिगबिगी नै भयो । सरकारले आन्ततः यिनैको संरक्षण गर्‍यो । प्रधानमन्त्रीको सम्बोधनको सकारात्मक सन्देश कुरेर बसेका आम नागरिकमा निरासा मात्रै छाएन सत्ताधारी पार्टीको बैठकमा समेत मजदुर बर्गप्रति लक्षित कुनै एजेन्डा नै आएन ।

    जसले तमाम निष्ठाको राजनीति गर्ने र श्रमजीवी कार्यकर्तामा बितृस्णा नै पैदा भयो । यो सामाजिक संजालमा आएका क्रिया प्रतिक्रियाबाटै मापन गर्न सकिन्छ । ईमान र सच्चा जनभावना बोकेर रुपान्तरण प्रक्रियामा लागेका तमाम जनसमुदायले यसको हिसाबकिताब राखेका छ्न र उचित समयमा यसको जबाफ खोज्ने नै छ्न ।

    वर्तमान जटिल परिस्थितिको सामना गर्दै धैर्य गरेर यो महामारीलाई जितौं र आगामी दिनमा सत्य तथ्य सहितको एक-एक हिसाब राखेर अन्यायको बिरुद्ध एकजुट भएर लड्ने समार्थ्य राखौं । यदि नागरिक एक एकीकृत भएर ओली सरकारले गरेको अन्यायको हिसाब किताब खोजे मार्गमा निर्भिकताका साथ लागे भने सरकारले त्यसको मूल्य चुकाउनु नै पर्ने छ । धन्यवाद !

    प्रतिक्रिया