• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कैलाली र कञ्चनपुरमा ६६ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

    1.1K
    SHARES

    काठमाडौं । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए । यसमा १९३ जनाको नमूना परीक्षण भइरहेको उनले जानकारी दिए ।

    धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ ।

    यस्तै देशकै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी बिहीबारदेखि बन्द गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने ग्राहक र व्यापारीको भीड कम गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिने महानगरपालिकाले जनाइएको छ।

    लकडाउनको अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई यसअघस नै आग्रह गरिसकेको छ । तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने छ।

    महानगरपालिकाले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने गरी तयारी भएको जानकारी दिए । कालीमाटी बजारमा बाहिरबाट भित्रिएको सबै तरकारी स्टोर गरिए पनि थोक व्यापारीमार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया