• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News

    उच्च ज्वरोबाट मृत्यु भएका विरामीको आयो यस्तो कोरोना परिक्षण रिपोर्ट

    1.7K
    SHARES

    रामेछाप । जिल्लाको तामाकोसी अस्पताल मन्थलीमा उच्च ज्वरोको कारण मंगबार राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना नभएको पुष्टि भएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।

    मंगलबार उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका मन्थली-११ का ६७ वर्षीय तुलबहादुर मगरको सोही राति अस्पतालमा मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको लागि धुलिखेल अस्पतालमा पठाएकोमा त्यसको रिपोर्ट नेगेटिभ आएको हो ।

    मृतक दीर्घरोगी भएको मन्थली नगरपालिका-११ को वडा कार्यालयले विज्ञप्तिमार्फत यसअघि नै जानकारी गराएको थियो ।सामाजिक सञ्जालमा उनको मृत्यु कोरोनाको कारण भएको सार्वजनिक भएपछि रामेछाप जिल्लावासीहरु त्रसित बनेका थिए ।

    वडा कार्यालयले भने तुलबहादुर लामोसमयदेखि बिरामी रहेका र घरमै भएको कारण कोरोना संक्रमणको सम्भावना नरहेकोले आतंकित नबन्न वडाकार्यालयले आग्रहसमेत गरेको छ ।

    वडाध्यक्ष भीमबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा मृतक मगर २०७३ सालदेखिनै दमको रोगी रहेको र निमोनिया भएर उपचारको लागि मंगलबार साँझ मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।

    यस्तै देशमा काेरेनाकाे सन्त्रास सुरू भएसँगै अस्पतालहरूले सामान्य विरामीलाई समेत जाँच्धन छाेडेका छन् । कपिलवस्तुमा अस्पतालले उपचार गर्न नमानेर एक जनाले ज्यान गुमाएकाे एक साता नबित्दै गढीमा पनि साेहि घटना दाेहाेरिएकाे छ ।

    अस्पतालले भर्ना गर्न नमानेपछि बुधबार कैलालीमा एक बिरामीले अकालमा ज्यान गुमाउनु परेकाे छ । कैलालीको गोदावरी नगरपालिका -२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो ।

    बुधबार साढे ११ बजे धनगढी स्थित माया मेट्रो अस्पताल पुर्‍याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेपछि सिकिस्त अवस्थामा नै विरामी फर्काएर घर लान परिवार बाध्य भएकाे थियाे ।

    बिरामीका आफन्त हेमराज भट्टले आफ्ना अंकललाई साढे ११ बजे अस्पतालमा पुगाए पनि भर्ना गर्न नमानेकाे र त्यहाँ अलपत्र पर्नु परेकाे दुखेसाे पाेखे । मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर, धनगढीका कुनै पनि अस्पताले भर्ना नलिएको भट्टको गुनासो छ ।

    कुनै अस्पतालले भेन्टिलेटर छैन भने कसैले डाक्टर छैन भने,’ उनले भने , ‘कसैले भर्ना नलिएपछि हामीले घर ल्यायौँ।’ घरमा पुर्‍याएको केही घण्टामै उनको मृत्यु भएको भट्टले बताए ।

    माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले भने भेन्टिलेटर खाली नहुँदा भर्ना गर्न नसकिएको प्रतिक्रिया दिए। ‘डाक्टरले एम्बुलेन्समै गएर चेक गर्नुभएको हो। अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझाव दिनुभएको थियो,’ उनले भने ।

    यसअघि मंगलबारज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको थियाे । आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको मृत्यु भएको हो । ज्वरो आएपछि सुरुमा उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

    अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले उनलाई भैरहवा पुर्‍याएका थिए । भैरहवा मेडिकल कलेजले पनि भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याएको वडा अध्यक्ष श्याम नारायण उपाध्यायले जानकारी दिए ।

    अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले सोमबार मृत घोषणा गरेको थिए । निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएपछि तौलिहवास्थित एक मेडिकलबाट औषधि दिइएको थियो । टाईफाइड भएको भन्दै स्थानीय मेडिकलले दिएको औषधिले काम नगरेपछि उनलाई अस्पताल लगिएको आफन्तले बताएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया