• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ कोरोना, बैज्ञानिकले पत्ता लागाए यस्तो नयाँ तथ्य

    2.3K
    SHARES

    कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् । यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् ।

    अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । रुघा खोकीका अलावा यो भाइरस कुराकानी गर्दा मात्र पनि फैलन सक्छ, एन्थोनी फासीले बिरामी मानिस बाहेक स्वस्थ्य मानिसलाई पनि मास्क प्रयोग गर्न अपिल गरे ।

    यसअघि नेशनल एकेडेमी अफ साइन्सेस नासले पनि ह्वाइट हाउसलाई एक पत्र लेखेर यो रिसर्चको बारेमा बताएको थियो । नासले पूर्ण रुपमा शोधको नतिजा प्राप्त नभएपनि अहिलेसम्मको अध्ययन अनुसार स्वास लिँदा पनि यो भाइरस सर्न सक्छ । अर्थात यो भाइरस हावामा फैलन सक्छ । यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले कोरोना भाइरस बिरामी मानिसले खोक्दा वा उसबाट निस्किएको छिटावाटा सर्ने जनाएको थियो ।

    यस्तै कोरोना भाइरसको त्रास विश्वभर बढेपछि यसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् ।कोहि मास्क, साबुन, पञ्जा, स्यानिटाइजर लगायतका वस्तु जोहो गर्न लागि परेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् ।कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो ।

    तर कोरोनको संक्रमणबात यस अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव दिन्छन् ।पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले संक्रमण हुनबाट बचाउँछ ।

    भिटामिन सी -चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

    भिटामिन बी ६-शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ पाउन सकिन्छ ।

    भिटामिन ई -शरीरमा कुनै पनि रोगको संक्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

    अमिला फलफूल -अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

    अदुवा अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया