• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    कञ्चनपुरमा सशस्त्र प्रहरीले हतियारसहित वडाअध्यक्षले प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिएपछि..

    काठमाडौँ। कञ्चनपुरमा सशस्त्र प्रहरीले हति’यार सहित वडा अध्यक्षले प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवायल टोलीले दुई थान बन्दुक सहित गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुले दिनेश खबरलाई गाडी र बन्दुक लगायतका समाग्री नियन्त्रणमा लिएको जानकारी दिए। प्रारम्भीक जानकारी अनुसार हातहतियार सहित नियन्त्रणमा लिएको गाडी गोदावरी १० कै अध्यक्ष शाहीको भएको बुझिएको उनले बताए।

    कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बिचमा पर्ने पूर्वपश्चिम राजमार्गमा रोकिराखेको भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को टोयटा फर्चुन गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक साहुले बताए। ‘गाडीमा प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट(गोली) एक थान एयरग’न र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छ’र्रा बरामद गरेका छौँ।’ सशस्त्र प्रहरी उपरिक्षक साहुले भने।

    यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक एटिएम कार्ड पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी उपरिक्षक साहुले बरामद गरिएका ह’तियार वै’ध भएपनि लकडाउनको समयमा एक बरामद भएकाले वै’ध मान्न नसकिने बताए।

    उनले भने, ‘सरकारले लकडाउन गरेको छ, यस्तो बेला वै’ध भन्दैमा हातहतियार बोकेर हिड्न मिल्छ ?’ गाडी वडा अध्यक्षकै हो भन्ने प्रश्नमा उनले अहिले सम्म प्राप्त कागजातका आधारमा त्यही बुझिन आएको प्रष्ट पारे। बरामद गरिएको गाडी, हतियार सहितका सामान सशस्त्र प्रहरीले गुलरिया प्रहरीको जिम्मा लगाईएको जनाएको छ। शाही यसअघि धनगढीबाट २२ लाख सहित जुवा खालबाट पक्राउ परेका थिए।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ