• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Baner News

    स्पेनमा एकैदिन ७ सय ४ जनाको मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार पुगे

    1.2K
    SHARES

    एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ ।

    स्पेनमा एकैदिन ५ हजार २६७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४३ हजार २०८ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८४ हजार ६८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ