• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    रोनाल्डोभन्दा मेसी मन पर्छ : काका

    ब्राजिलियन फुटबलर काकालाई वर्तमान विश्वको उत्कृष्ट फुटबल खेलाडीहरु लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो मध्ये मन पर्ने एक जना खेलाडी छनोट गर्न भनियो। काकाले स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई रोजे।

    इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका पोर्चुगिज स्ट्राइकर रोनाल्डोसँग चार वर्ष सँगै फुटबल खेले पनि काकाले मेसीलाई रोजेका हुन्। काकाले सन् २०१० देखि २०१३ सम्म स्पेनिस क्लब रियल म्याड्रिडबाट रोनाल्डोसँगै फुटबल खेलेका थिए।

    ‘मैले रोनाल्डोसँगै फुटबल खेलेँ। उनी उत्कृष्ट खेलाडी हुन्। तर मलाई मेसी मन पर्छ,’ फिफाको इन्स्टाग्रामबाट प्रत्यक्ष प्रशारणमा सोधिएको प्रश्नमा सन् २००७ का फिफा वर्ष खेलाडी काकाले भने। उनले आफूलाई मेसी मन पर्ने भए पनि रोनाल्डो र मेसी दुवै जना विश्वका महान फुटबलर भएको बताए।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ