• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई यी महिलाले दिइन यस्तो अनौठो अफर

    8.1K
    SHARES

    एजेन्सी । चीनको वुहानबाट सुरु भइ विश्वभर तहल्का मच्चाईरहेको कोरोनाभाइरस (कोभिड १९) का कारणछ लाख ८९ हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने लाखौ संक्रमित भइसकेका छन्।

    उक्त प्राणघातक कोरोनाको महामारीबाट बच्न  धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन।  कोरोनाको प्रकोप अहिले विश्वका २ सय बढी देशमा फैलिइसकेको छ र अझैं पनि बढ्दो क्रममै रहेको छ।

    विभिन्न देशका बैज्ञानिकहरुले कोरोनाको भ्याक्सिन खोज पत्ता लगाउन लागिपरेका छन । तर अहिलेसम्म सफलता मिलन सकेको छैन । यहींँ सन्दर्भमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन तल्लीन वैज्ञानिक, डाक्टर तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्न भन्दै एक पोर्न स्टारले अनौठो प्रस्ताव गरेकी छिन्।

    उनको त्यस्तो अनौठो प्रस्तावलाई वेलायतबाट सञ्चालित डेलीस्टार डट को डट युकेले प्रकाशन गरेको छ। डेलीस्टारमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ। वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन्।

    लोला टेलरले भनेकी छिन्, ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु।’ उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ।

    सबैजना चिन्तित छन्। उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। बाहिर निस्किए आफू पक्राउ पर्ने भएकाले कोठाभित्रै बस्नुपरेको बताएकी छिन्। सबैतिर लकडाउनका कारण विश्वका करोडौं मानिस बन्द कोठाभित्र बस्न बाध्य छन्। उनी मास्कोमा एक्लै बस्दै आएकी छन्।

    लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्।

    यस्तै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो ।

    त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

    पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

    दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

    उहाँसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया