• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेलगत्तै सरकारले गर्यो यस्तो घोषणा, हेर्नुस बिस्तृतमा

    4.5K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेलगत्तै सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ। आज शनिवार नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले यस्तो घोषणा गरेको हो ।

    सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए ।

    पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

    उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

    कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए ।

    यस्तै कैलाली कोरोना संक्रमित भएको पुष्टी भएका २१ वर्षीय युवक भारतबाट फर्किदा गौरीफन्टा नाकामा जम्मा भएको एक हजार जनाको भिडमा सँगै रहेको बताइएको छ । सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएकाहरूको उक्त भिडमा रहेका उनी युवामा कोरना पुष्टी भएसंगे सुदुरपश्चिममा संक्रमतितको संख्या अझै बढ्नस अकने अनुमान गरिएको छ।

    नेपालमा कोरना संक्रमण फैलिन नदिन सरकारले चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनीहरु कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलासा भएको छ । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा भएको नाराबाजी र आन्दोलनमा उत्रिएको भिडमा शनिबार कोरना संक्रमित भेटिएका युवा रहेको खुलासा भएपछि सुदुरपश्चिममा अहिले त्रास बढेको छ ।

    ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुको लिस्टममा उनको पनि नाम समावेश रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ