• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमानिवय कार्य गरेकाे भन्दै ओली सरकारविरूद्ध खनिए नारायणकाजी श्रेष्ठ, बालुवाटारमा खैलाबैला

    5.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपालीलाई अलपत्र राख्नु गैरजिम्मेवारी भएको बताएका छन् । उनले अलपत्र परेकालाई तत्काल विशेष क्वारेन्टाइनमा राख्नु पर्ने बताए ।

    बिहिबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता श्रेष्ठले सिमानामा आइसकेकालाई देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए ।

    उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखद् हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।’

    प्रवक्ता श्रेष्ठले सिमामा अलपत्र परेका नेपाली देशभित्र ल्यमउन व्यवहारीक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुल्ला आकाशमुनी राख्न नहुने जिकिर गरेका छन्।

    उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको? हुनै सक्दैन।’

    विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले सरकारले सिमा नाका बन्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली नेपाल फर्किन खाजेक हुन । श्रेष्ठकाे स्टाटसले सत्तारूढ नेकपाभित्र तरंग उत्पन्न भएकाे छ ।

    प्रतिक्रिया