• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    लिटरमा १० रूपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    21.7K
    SHARES

    काठमाडाैं । सरकारले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो। अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ।

    त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ। वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ।

    यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो। धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ।

    जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० डलरको आसपासमा छ। कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ।

    यस्तै सरकारले सरकारले काठमाडौं उपत्यकामा वितरण गर्ने राहतको मापदण्ड एकै किसिमको हुने भएको छ । बुधबार राहत वितरणबारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले काठमाडौं उपत्यकामा स्थानीय तहसँग छलफल गरेका थिए ।

    छलफलमा स्थानीय तहले संकलन गर्ने तथ्याकंका आधारमा प्रतिपरिवार वितरण गरिने नुन, चामल, चिनी, दाल जस्ता खाद्यन्नको मात्रा एकै किसिमको गर्ने सहमति भएको हो ।

    उपत्यकाका स्थानीय तहले ज्‍यालादारी गर्ने मजदुर र विपन्न वर्गका उपभोक्तालाई लकडाउन अवधिमा भएको क्षतिको राहत दिँदा एउटै मापदण्ड बनाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

    सहमतिअनुसार नगरपालिकाहरुको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्य सामग्री स्थानीय तहलाई उपलब्ध गराउनेछ । त्यसपछि ती सामग्री स्थानीय तहको वडाले संकलन गरेको तथ्यांकका आधारमा वितरण हुनेछ ।

    उता कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा परीक्षणसँग सम्बन्धित स्वास्थ्य सामग्री ल्याउन गरेको विवादास्पद ठेक्का सम्झौता सरकारले रद्द गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनीसँग गरेको ठेक्का सम्झौता रद्ध गरेको हो ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबीसीआई कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिए ।

    ‘बजार भाउ भन्दा २० प्रतिशत बढी मूल्य छ, हामीले भनेको समयमा भने जति औषधि ल्याउनु भएन, उहाँहरुले मार्च ३० तारिख सम्ममा १० प्रतिशत मात्र सामान ल्याउनुभयो,’ श्रेष्ठले भने, ‘पैसाको हिसाबमा १८ प्रतिशत रकमको सामान ल्याउनु भयो, उहाँहरुले दोस्रो लट भोली पेस गर्नुपर्ने सामाग्री ल्याउन सक्ने अवस्था छैन र अहिलेसम्म ल्याउने प्रतिवद्धता पनि गर्नुभएको छैन, त्यसैले हामीले आज (बुधबार) त्यो सम्झौता रद्ध गरेका छौं । सम्झौता रद्ध गरेर उहाँहरुलाई उहाँहरुको धरौटी जफत गर्ने र कालो सूचीको लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उपचारमा आवश्य पर्ने स्वास्थ्य सामाग्री खरिद गरी आपूर्ति गर्ने गरी ओबीसीआई नामक कम्पनीसँग चैत १४ गते ठेक्का सम्झौता गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयले एक अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता रद्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सो कम्पनीमाफर्त केही स्वास्थ्य सामाग्री नेपाल ल्याएर प्रदेशहरुमा वितरण समेत गरिसकेको छ ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामाग्री ल्याउन बिहीबार अर्को टेन्डर प्रक्रिया शुरु गर्ने पनि बताए । उनले पहिलो चरणमा स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा टेन्टर हालेका व्यावसायीसँग पुन: छलफल गरी उनीहरुले दिनसक्ने र थप आवश्यक पर्ने स्वास्थ्य सामाग्री ल्याउने बताए ।

    यसअघि टेन्डर हालेका व्यवसायीसँग ३ दिनभित्र सम्झौता गरी सामाग्री खरिद प्रक्रिया अघि बढाइने श्रेष्ठको भनाइ छ । अब सस्तो र ५ दिनभित्र स्वास्थ्य सामाग्री ल्याउने कम्पनीसँग सम्झौता गरिने श्रेष्ठले बताए ।

    प्रतिक्रिया