• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    स्याङ्जामा सिङ्गाे गाउँ नै क्वारेन्टाइनमा

    1.4K
    SHARES

    स्याङ्जा । सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न भनिरहदाँ स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा बसेको छ । कोरानो भाइरस (कोभिड १९) महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको हो ।

    कार्कीडाडाँका दुई युवा चैत्र ६ गते काठमाडौ आएर चैत्र ९ गते गाउँमा आएपछि पुरै गाउँ डुलेको तथा चैत्र १५ गते पोखराको मनिपालमा एक जना छिमेकीको मृत्यु पश्चात बसमा गाउले सगै युवा पनि मलामी गएपछि गाउलाई नै वडाले क्वारेन्टाइनमा बस्न लगाएको हो ।

    कार्की डाडाँमा रहेको २८ घर धुरीका एक सय ४३ जना क्वारेन्टाइनमा बसेको वार्ड सदस्य ठाकुर प्रसाद वाग्लेले बताए । चैत्र १५ गते युवा र गाउँले सगँसगै मलामी गएपछि एक दिन पश्चात छलफल गरी १७ गतेबाट क्वारेन्टाइनमा राखिएको बताउदै वाग्लेले गाउँ बचाउने प्रयास गरिएको जनाए ।

    सरकारले बिदेशबाट आउने क्वारेन्टाइनमा बस्नुपर्ने बताएपछि र युवा तथा उनिहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको हो । टोललाई स्वास्थ्यकर्मी, जनप्रतिनिधी, प्रहरीको निगरानीमा टोललाई क्वारेन्टाइना राखिएको र १४ दिन सम्म राखिने वाग्लले बताए । यहाँ रहेका ११ पालिकामा करिब पाचँ सय जना होम तथा पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेको भएपछि टोलै बसेको जिल्लामा पहिलो हो ।

    प्रतिक्रिया