• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मध्यराति नेपालको आकाशमा ज्वाला सहितको ठूलो चम्किलो वस्तु देखियो, बम पड्केजस्तो आवाज

    7.2K
    SHARES

    काठमाठाैं । बिहिबार राति पश्चिम नेपालको आकाशमा ठुलाे आवाज र ज्वाला सहितको चम्किलाे वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो देखिएको वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् ।

    आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । ‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने ।

    बाग्लुङ्गको रेडियो सारथीका स्टेशन मेनेजर कमल पौडेलले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको बताएका छन् । स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा लेखेका छन् ।

    उक्त चकिलो बस्तु अनौठो तरिकाले देखिएको भन्दै सामाजिक सञ्जालमा पनि धेरैले पोस्ट गरेका छन । पत्रकार मोहमद अजमत अलीले तस्वीर पोस्ट गर्दै लेखेका छन -‘आज चैत १३ गते बिहिबार बेलुका करिब सवा ८ बजे पाल्पा रामपुर, बागलुङ,पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, दमौली लगायतका ठाउँबाट आकाशमा ठुलो आवाज सहित चम्किलो बस्तु देखिएको खबर आएको छ, मित्र Irshad Shekh, भाई Jainool Ali लगायतले आफ्नै आँखाले देखेको र तस्विर लिएको पुष्टि गर्नुभएको छ, तस्विरमा देखिएको यस्तो चम्किलो बस्तु के हुन सक्ला ? यसबारे जानकारी हुनेले भन्दिनुभए म लगायत धेरैको चाँसो सम्बोधन हुने थियो ।’

    के याे उल्का पिण्ड हाे ?

    कतिपयले साे वस्तु आकाशीय पिण्ड भएकाे बताएका छन् । अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसँग घर्षण हुन्छ ।

    घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ । त्यसमा भएका पदार्थहरु ग्यास तथा बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जानेलाई उल्का र त्यस पिण्डमा भएको पदार्थ जलेर नसकिएमा त्यो पृथ्वीको सतहमा आएर ठोक्किन्छ त्यसलाई उल्कापिण्ड भनिन्छ ।

    पृथ्वी आफैमा एउटा चुम्बक भएको र चुम्बकिय शक्ती छेउमा केन्द्रित हुने भएकाले पृथ्वीको उत्तरी वा दक्षिणी ध्रुबमा, समुन्द्रमा,तथा दिउँसिको समयमा खस्ने भएकाले बार्षिक ५ लाख भन्दा बढी ऊल्का खसेपनि थोरै मात्र देखिन्छन ।

    आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अङ्ग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ । तर याे धेरै नजिकबाट देखिएकाे र आवाज समेत सुनिएकाेले उल्कापिण्ड हाेइन की भनेर स्थानीयले अड्कल गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ