• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीको रामधुलाई, केछ अवस्था ?

    886
    SHARES

    बैतडी । भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राखिएको विषयलाई लिएर बैतडीमा एकजना स्वास्थ्यकर्मीमाथि निर्धात कुटपिट भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका ७ जनाको विषयलाई लिएर स्वास्थ्यकर्मी करनसिंध धामीमाथि निर्घात कुटपिट भएको हो ।

    पुर्चौंडी नगरपालिकाले हालै भारतबाट फर्किएका युवाहरुलाई वडा नम्बर ५ मा क्वारेन्टाइन बनाएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका ७ जनामध्येका एक युवा सुनिल जागरीका बुवा नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट गरेका हुन् ।

    गाजरीले स्वास्थ्यकर्मी धामीमाथि चिर्पटले प्रहार गर्दै उनको औंला समेत चपाइ दिएका छन् । कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याइएको पुर्चौंडी नगरपालिकाका रण बहादुर कुँवरले जानकारी दिए ।

    ‘हाम्रो मान्छेलाई किन क्वारेन्टाइनमा राखेको भन्दै नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्,’ मेयर कुँवरले खबरहबसँग भने, ‘हातपात गर्दा हाम्रा स्वास्थ्यकर्मी घाइते हुनुभएको छ । घाइतेलाई अहिले उपचारका लागि लगिएको छ ।’ मेयर वमका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जागरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ