• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पोखरा क्वारेन्टाइनमा राखिएका १ जनाको मृत्यु, यसो भन्छन डाक्टर

    3.2K
    SHARES

    पोखरा । पोखराको क्वारेन्टाइनमा राखिएका १ जनाको मृत्यु भएको छ । भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

    मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

    डा. आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको भने पुष्टि नभएको बताए । ‘परिक्षणका लागि प्रदेश ल्याबमा पठाएका छौं,’ उनले भने, ‘कोरोना नै भएको भनेर भन्न मिल्दैन । ल्याबको रिपोर्टपछि नै थाहा हुन्छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ