काठमाडौं । नेपाल सरकारले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै लकडाउन लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ ।
कोरोनाको त्रासले सिंगो देश नै लकडाउन भएका बेला नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।
टेलिकमका अनुसार बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।
प्रतिक्रिया