• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लकडाउन अटेरी गर्ने ६८ जना देशका यी स्थानबाट पक्राउ

    0.9K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट सुरु भइ विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    देशका विभिन्न स्थानबाट उनीहरुलाई  नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ। लकडाउन उल्लङ्घन गर्नेमध्ये कपिलवस्तुबाट १४ जना,  कैलालीबाट ३१ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ