• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका

    विप्लवका दाजु जयन्द्रसहित ६ नेता कार्यकर्तालाई तत्काल रिहा गर्न महासंघको माग, बिज्ञप्तिसहित

    2.4K
    SHARES

    काठमाडाैं । नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रहरीद्वारा अपहरण शैलीमा गिरफ्तार गरिएका  केन्द्रीय अध्यक्ष तथा नेकपा महासचिव विप्लवका दाजु जयन्द्र बहादुर चन्द र महासचिव बिनाेद चन्द ठकुरीसहित ६ जनालाई तत्काल रिहा गर्न माग गरेकाे छ ।

    महासंघका केन्द्रीय उपाध्यक्ष सिवि सिंह ठकुरीले सोमबार एक बिज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय अध्यक्ष जयन्द्र बहादुर चन्द, महासचिव बिनाेद चन्द ठकुरी, केन्द्रीय सदस्यद्वय कमल आरसी र प्रेम केसी तथा अन्य २ जनासहित ६ जनालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    राष्ट्रीय खेलाडी, कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र आम जनता कोरोना भाइरसबिरुद्ध देशव्यापी सतर्कताका लागि महाअभियानमा लागिरहेको बेला ओली सरकारले समवेदनाहिन तरिकाले नेता कार्यकर्तामाथि धरपकड़ र गिरफ्तारि गरिरहेकाे भन्दै उपाध्यक्ष ठकुरीले आपत्ति जनाएका छन् ।

    ‘खेलकुदमा आमूल परिवर्तनका लागि क्रियाशील संगठन नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्षा जयन्द्र बहादुर चन्द, महासचिव बिनाेद चन्द ठकुरी र केन्द्रीय सदस्यद्वय  कमल आरसी र प्रेम केसीलाई ललितपुरबाट अपहरण शैलीमा पक्राउ गरेकोमा हाम्रो संगठनको घोर भर्त्सना गर्दछ’ उपाध्यक्ष सिवि सिंह ठकुरीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘अध्यक्ष चन्दसहित महासचिव र केन्द्रीय सदस्यद्वयको गैरकानुनी गिरफ्तारप्रति गम्भीर आपत्ति जनाउदै उँहाहरूको निसर्त रिहाईका लागि महासंघ जोडदार मांग गर्दछ ।’

    उनले गिरफ्तार नेताहरुको अवस्था अज्ञात राखिएको भन्दै अविलम्व सार्वजनिक गरेर रिहा गर्न माग गरेका छन् । साथै नेताहरुको रिहाईको लागि दवाव सिर्जना गरिदिन सबै खेलकुदकर्मी, मानवअधिकारवादी समाज, पत्रकार तथा बुद्दिजीवी पक्षलाई अपील समेत गरेका छन् । बिज्ञप्तिमा खेलकुदजस्तो मर्यादित र सम्मानित क्षेत्रलाई आतंकित नपार्न र निर्वादरुपमा काम गर्नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

    गिरफ्तार सबै नेता कार्यकर्तालाई रिहा नागरिए चरणबद्ध आन्दोलनमा उत्रिने उपाध्यक्ष ठकुरीले चेतावनी दिएका छन् । विप्लवसंगको राजनीतिक पूर्वाग्रह साँधेर ओली सरकारले अध्यक्ष जयन्द्र चन्दलाई गिरफ्तार गरेको महासंघले जनाएको छ । अध्यक्ष चन्द स्वयम राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी समेत हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ