• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    माछापुछ्रे बैंकको सीइओमा सन्तोष कोइराला नियुक्त

    1.5K
    SHARES

    काठमाडाैं । आक्रामक व्यापार विस्तारले सकारात्मक वित्तीय परिसुचकहरु हासिल गर्दै आएको माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । गत सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैसाख १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्ती गरेको हो ।

    नेपालको बैंकिङ क्षेत्रमा २० बर्ष लामो अनुभव हासिल गरेका कोइरालाले माछापुच्छ्रे बैंकमा पनि ७ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् । बैंक अफ काठमाडाैंबाट आफ्नो बैंकिङ करियर शुरु गरि ४ बर्ष बिताएका कोइराला सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंकमा आएका हुन् । सानिमा बैंकमा उनले करिब ९ वर्ष काम गरेका थिए ।

    त्रिभूवन विश्वविद्यालयबाट एमवीए गरेका कोइरालाले नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ