• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    लकडाउनमा बैंकहरुलाई सेवा नियमित गर्न नेपाल राष्ट्र बैंककाे निर्देशन

    1.8K
    SHARES

    काठमाडौं । सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले निश्चित शाखा तोकेर सेवा दिने भएका छन् । बैंकहरुलाई सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको हाे।

    खाद्यान्न औषधी लगायतका सामाग्री खुला रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ।

    राष्ट्र बैंकले अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने बताएको छ । तर सबै शाखा कार्यालयहरु भने खुला नहुने र नगद कारोबारको मात्रै सेवा दिने बताएको छ ।

    कुन-कुन शाखा कार्यालयबाट, कति बजेदेखि कति बजेसम्म सेवा दिने भन्ने विषय बैंक आफैले निर्णय गर्ने र सम्बन्धी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शाखा खोल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया