• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देश नै लकडाउन भएको बेला नेपाललाई चीनको साथ, भन्यो- नेपाल एक्लो हुने छैन, हामी प्रार्थना गर्दैछौं

    3.2K
    SHARES

    काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको  बेला चीनले फेरी  नेपाल एक्लो  नरहेको भन्दै नेपालको साथमा चीनले साथ दिने र  जुनसुकै बेला पनि सहयोग गर्न तत्पर  रहेको प्रतिवद्धता दोहोर्‍याएको छ।

    राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्। सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो।  नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

    राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्। सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो।

    हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।

    ‘ उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन्। ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं’, उनले भनेकी छन्।

    कोरोना भाइरसविरुद्ध लड्न नेपालले चीनबाट १९ थरी भन्दा धेरै स्वास्थ्य सामाग्री ल्याउने तयारी गरेको छ। चीनले सहयोग गर्न तयार रहेको बताएपछि स्वास्थ्य मन्त्रालयले जहाज चार्टर्ड गरेर चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामाग्री केही दिनमै ल्याउँदैछ।

    प्रतिक्रिया