• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोनाबाट १ जना नेपालीको मृत्यु, को हुन् उनि ?

    1.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको हो ।

    उनको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । समाचारमा जनाइएअनुसार मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र सांझ ८ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    निधनको तीन दिनपछिमात्र अस्पतालले राईको परिवारलाई सम्पर्क गरी उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

    कोरोना भाइरसका कारण राईको मृत्यु भएको पुष्टि भएसँगै उनको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । हालसम्म बेलायतमा ४ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण १७७ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ