• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा कोरोना भेटिएको अफवाह फैलाउने युवकले दिए यस्तो घटिया बयान, प्रहरी नै तिनछक

    6.7K
    SHARES

    काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसबारे अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन्। केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई पक्राउ गरेको थियो।

    पक्राउपछि प्रहरीले किन अफवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन्। उनले सामाजिक संजालको दुरूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको बताएका थिए।

    नेपालमा कोरोना फैलिसकेको भन्दै अफवाह फैलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। रामेछाप, ठाडादेवी गाउँपालिका घर भई उनी हाल भक्तपुर सिपाडोल बस्दै आएका थिए।

    सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले भने सामाजिक सञ्जालमा यस्ता किसिमका गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ। यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ।

    प्रतिक्रिया