• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सौन्दर्य-टिप्स

    आफ्ना छोराछोरीलाई १ महिनाको बिदामा सिकाउनुस यी ७ कुरा, जो जीवनभर काम लाग्नेछन

    3.4K
    SHARES

    काठमाडौं । वालवालिकालाई सवभन्दा पहिले राम्रा एवम् असल कुरा सिकाउनका लागि घरपरिवारका मानिसले सोहीखाले व्यहार गर्नुपर्छ । झर्किने, रिसाउने, गा’लि गर्ने, पि’ट्ने जस्ता व्यवहार प्रदर्शनले वालवालिकाले पनि त्यही सिक्छन् । खाली तथा उत्सुक दिमाग भएका उनीहरु काँचो माटो हुन्, जसलाई जस्तो आकार दिन पनि सकिन्छ । राम्रो आकार दिने कुशल कुमालेको काम हो अभिभावकको भूमिका ।

    वालवालिकालाई सानै उमेरदेखि उनीहरुले सक्ने काम सिकाउन थाल्नु पर्छ । सानैछ उसले सक्दैन भनेर भन्दै गइयो भनें ठूलो हुन्जेलसम्म उसले केही गर्दैन । ठूलो भइसकेपछि सिकाउन खोजियो भनें पहिले त उसले टेर्दै टेर्दैन । दवावमा काम लगाउन खोजियो भनें पनि उसको सिक्ने वानी नै नभएर समस्यामा पर्छ । उसलाइ सिक्न ज्यादै गाहे हुन्छ । सानोमा सक्दैन, जान्दैन भनेर पन्छाएपछि उनीहरुले ठूलो भएपछि त्यो काम सिक्दै सिक्दैनन् ।

    यसकारण ३ वर्षको उमेर भएदेखि नै उसले बुझ्ने र सक्ने कुरा सिकाउँदै जानुपर्छ, सिक्ने अवसर दिनुपर्छ । सामान्य काम पनि सिकाउँदै गर्नुपर्छ । अहिले कतिपय छोेराछोरीहरु एसएलसी सकिसक्दा पनि चिया समेत पकाउने नगरेको देखिन्छ । नकारात्मक असरै पर्ने हिसावले चाँही होइन तर जीवनलाई बुझ्दै जाने हिसावले उनीहरुलाई दुःख र संघर्षको कुरा पनि थोरै थोरै सिकाउँदै जानोस् ।

    घरको आफ्नो आर्थिक अवस्था पनि सिकाउनु पर्छ । मैले यसरी कमाई गरेर, दुःख गरेर पढाएको छु भन्ने कुरा नानीहरुलाई बुझाउन सक्नु पर्छ । सँग सँगै इमान्दारिताको पाठ सिकाउनु त आजको झनै टड्कारो आवश्यकता हो । स्कूलबाट घर आएपछि उनीहरुलाई तत्काल कपडा फेर्न लगाउने र फेरेको कपडा मिलाएर एक ठाउँमा राख्न लगाउनु होस् । हेंगर छ भनें उनीहरुले भेट्ने ठाउँमा झु’ण्ड्याइदिएर त्यहाँ मिलाएर राख्न लगाउनुहोस् । जस्तै पहिलो अड्काउने किलामा सर्ट, दोस्रोमा पाइन्ट, तेस्रोमा गञ्जी राख्न लगाउनुहोस् । यही क्रममा सधैं कपडा राख्ने वानी वसाइयो भनें जथाभावी काम गर्ने तथा कुनै कुरामा केयरलेस गर्ने वानी हट्छ ।

    सक्ने हुन थालेपछि आफ्नो कपडा आफैं धुन लगाउनुहोस् । घर सफा गर्न लगाउनुहोस् । फकाएर, कथा सुनाएर, गीतको शैलीमा नाचेर र नाँच्न लगाएर यी सवै कुरा सजिलै गराउन सकिन्छ । जस्तै, एउटा कथा सिर्जना गरी कपडा धुने कुराका लागि आफु जलदेवता वन्ने र नानीलाई किसान बनाउने । जल देवताले माथिबाट पानी हालिदिने र किसानले तल कपडारुपी खेतमा पानी लगाउने गरेर कपडा धुने खेल शैलीको कामले उनीहरुलाई त्यसो गर्न रमाइलो लाग्छ र यसो गर्दा गर्दै उनीहरु त्यो काम गर्न वानी हुन्छन् । फकाएर, कुरा बुझाएर कुनै पनि कुराको वानी हुन २१ दिन लाग्छ ।

    नानीहरुबाट सानो गल्ती भयो भनें त्यसलाई ठूलो नवनाउनुहोस् । यस्तो गल्तीले यस्तो असर पर्यो भनेर सम्झाउनुहोस् । मानौं, च’क्कुले हात का’ट्यो भनें त्यसलाई अति सामान्य नै बनाउनुहोस् । यसलाई गम्भीर बनाएर च’क्कुको छेउ नै पर्न दिनुभएन भनें उसले च’क्कुसँग डराएरै च’क्कु नै छुँदैन । तर च’क्कुले एकपटक हात काटेको छ भनें उसले जीवनमा कहिल्यै विर्सदैन र सावधानीपूर्वक च’क्कु चलाउने ज्ञान पस्छ । कुनै सामान वच्चाले हरायो भनें त्यसलाई पनि ठूलो र’डाको मच्चाउने काम नगर्नाेस् । हरायो भैगो चिन्ता नलेउ भनेर तत्काल सान्त्वना दिने । केही दिनपछि मैले कति दुःख गरेर जोडेको सामान हरायो के गर्नु अव मैले फेरि कसरी त्यो सामान किन्न सक्छु र भनेर वच्चलाई गा’लि नगरी बरु आफैं एक्लै रुनुहोस् । त्यसपछि उसलाई मैले ठूलो गल्ती गरेंछु भन्ने आफैं पर्छ र उसले अवका दिनमा सामान जतन गर्ने वानीको विकास हुन्छ ।

    मानिसको जीवनमा हराएको सामान खोज्दा जीवनको २ वर्ष समय नास हुन्छ र त्यसले ५ वर्षससम्म त’नाव दिन्छ । घरका परिवारका सदस्यलाई घरमा नभएको बेला पनि उस्को भाग छुट्याएर राखेको वच्चाले देखुन् । अनि मात्र वाँढेर खानुपर्ने कुराको वढी ख्याल हुन्छ । साथीहरुलाई पनि केही वाँढेर खानु पर्छ भन्ने सिकाउनुहोस् । नत्र क्याम्पस पढ्न अथवा जागिरका लागि अन्त साथीसँग डेरा वस्नु पर्दा पनि कि खानेकुरा लुकाईरहने र खानै परेपनि लुकाएर खाने कुरा त्यो उमेरमा निकै अव्यवहारिक वानीले सताउँछ । केटाकेटीसँग न’राम्रा शब्द प्रयोग गर्दै नगर्नुहोस् । अनि अर्काे कुरा सिस्टमलाई सिकाउनुहोस् । आज उसले कल गरेर चाहिने भन्दा धेरै कुरा माग्यो भनें उसलाई दिएर वानी नपार्नुहोस् । चाहिने भन्दा वढी दिनु भयो भनें उसको जिद्दीले ठाउँ पाउँदै गयो भनें उ कुनै कुरामा सहमत नहुने जिद्दी वानीको विकास हुन्छ र त्यसले उसको जीवनमा जिद्दीपनले धोका दिलाउँछ ।

    गा’लि गरेर त कोही पनि मान्न तयार हुँदैन । डर देखाएर क्षणिक रुपमा प्रभाव पार्न सकिएला तर दीर्घकालीन रुपमा स्वतस्फूर्त वानीको विकास गराउन सकिदैन । गा’लि गरेर र कु’टेर उसलाई नकारात्मक असर पर्छ र तपाईलाई उस्ले कहिल्यै पनि सकारात्मक रुपमा लिँदैन । मानौं त हात्तीलाई उ सँगसँगै झ’गडा गरेर आफ्नो नियन्त्रणमा लिन सकिदैन । तर एउटा लुरे मान्छेले उसको मनोविज्ञान वुझेर उसलाई फकाउँदै माउतेका रुपमा गजवले नियन्त्रणमा लिएको हुन्छ । अरुका छोराछोरी कस्ता ज्ञानी छन्, हाम्रा त यस्ता छन् भनेर अरुसँग तुलना गरेर आफ्ना छोराछोरीलाई कहिल्यै वेकामे नवनाउनुहोस् । वालवालिकाले आफुलाई नराम्रो बनाएको कुरा कहिल्यै स्वीकार्ने मनस्थिती हुँदैन । त्यसो गरियो भनें उनीहरुले राम्रो कुरा सिक्दैनन्, झन थेत्तरो बन्छन् र दिमागमा नकारात्मक असर पर्छ ।

    उनीहरुको उमेर मात्रै सानो हो तर स्वाभिमान र इच्छा सानो हुँदैन । तपाई विचार गर्नुहोस् न, सानो टु’क्रो स्याउ दियो भनें उसलाई त्यो भन्दा ठूलो टुक्रा चाहिन्छ । खाना पनि ठूलो थालमा चाहिन्छ । त्यस्तो बेलामा ठूलौ दिनुहोस र विस्तारै सम्झाउँदै जानुहोस् उस्ले त्यो बानी छोड्छ । अरु पढेर पुरस्कार ल्याउछन्, यसले चाँही खेलेर ( खेलकुदमा) पुरस्कार ल्याएर के काम र भनेर कहिल्यै नभन्नुहोस् । कसैलाई पढाईमा वढी र कसैलाई खेलकुद, गीत संगीत र सृजनशिलतामा बढी रुची हुनसक्छ । प्रत्येक वर्षको एसएलसीमा बोर्ड फष्ट भएका सवै मानिस जीवनका गतिविधिमा प्रख्यात छन् र ? पढाई र व्यवहार भन्ने कुरा उस्तै होइनन, धेरै फरक कुरा हुन् ।

    यसकारण पढाई भनेको ज्ञान मात्र हुनसक्ला । तर जीवनमा ज्ञान, शिप, संस्कार र जिम्मेवारी व्यवहारले सिकाउँछ, अभिभावकले सिकाउँछन् अनि समाजले सिकाउँछ । यो कुरा मन्टेसोरी विधिले सिकाइरहेको छ । अहिलेको पछिल्लो पुस्ता प्रविधियुक्त समयले हामीभन्दा कैयौं गुणा जानकार हुन्छन् । तर त्यो जानकारी अहमतामा परिणत भयो भनें उनीहरुले हामी कोही पनि अभिभावकलाई आफुभन्दा नजान्ने बेवकुफ ठानेर हामीलाई स्वीकार्ने छैनन् । यदि वालवालिकालाई लापरवाह छोडिउँ र आफुहरु पनि उनीहरु सामु लापरवाही गरिरह्यौं भनें अवको पुस्ता असल ज्ञानयुक्त, शिपयुक्त, संस्कारयुक्त र जिम्मेवारीयुक्त वन्न निकै गाहे छ ।

    यसै क्रममा अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले १ महिनाका लागि सबै शिक्षण संस्था बन्दको घोषणा गरेको छ । यस्तोमा यो १ महिनाको अवधिमा स्कूल नजाने आफ्ना छोराछोरीलाई के गर्छन भन्ने चिन्तामा धेरै अभिभावकहरु छन् । तर, अभिभावकले चाहने हो भने आफ्ना सन्तानलाई दैनिक जीवनमा सधै आवश्यक पर्ने महत्वपूर्ण काम सिकाउने अवसर पनि यो समय बन्न सक्छ ।

    प्रतिक्रिया