• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, अमेरिकी डलरको भाउ भने बढ्यो

    1.5K
    SHARES

    काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ ।

    यस्तै, सोमबार प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सूनको मूल्य मंगलबार ७५ हजार २ सय कायम भएको छ । मंगलबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ८० रुपैयाँ घटेर ७ सय १० रुपैयाँ कायम भएको छ ।

    यस्तै सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको छ । अमेरिकी डलरसँगै खाडीका देशका मुद्रा पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको थियो ।

    साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो ।

    यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको थियो ।

    मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६पैसा तोकेको थियो ।

    कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकिएको थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा रहेको थियो ।

    प्रतिक्रिया