• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मध्यराति काभ्रेको पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते

    3.5K
    SHARES

    टिप्परले ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको छ । आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्। लगत्तै प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेपछि पनौती तनावग्रस्त बनेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

    भीड नियन्त्रणका लागि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् ।

    बा ५ ख ५४८० नम्बरको टिप्परले अपरान्ह ४ बजेतिर ठक्कर दिदा खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ बर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु भएको थियो । रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

    प्रतिक्रिया