• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कोरोनासंग जुधिरहेको चीनले गरिदियो फेरी अहिलेसम्मकै यस्तो ठुलो घोषणा, विश्वभर खुसियाली

    4.6K
    SHARES

    काठमाडौँ । चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।

    चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

    हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

    कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन्। यस्तै बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ। कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।

    ‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’ संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेका छन्, ‘आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देश संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’

    चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्। टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

    विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।’अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

    यस्तै नेपाल सरकारले  कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ। उक्त निर्णयअनुसार अब हवाइ मार्गबाट नेपाल आउने सबैले १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। साथै तेस्रो देशका नागरिकले भारतको भूमि हुँदै नेपाल पस्न नपाउने भएका छन्। नेपाली कामदारका लागि वैदेशिक रोजगारमा जाने श्रम स्वीकृति अनिश्चितकालका लागि रोकिएको छ। पढ्न विदेश जाने विद्यार्थीका लागि अप्रिल ३० नो अब्जेक्सन लेटर नदिने भएको छ।

    यस्ता छन् सरकारले गरेका निर्णय

    १ नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२०को राति १२ बजेबाट लागु हुने गरी अप्रिल ३० २०२० सम्मका लागि स्थगन गर्ने।

    २ यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गर्ने।

    ३ अति जुरूरी कारणबाट नेपालमा यात्रा गर्नु पर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुगुने मिति भन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागु गर्ने।

    ४ गैर आवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा आगमन विन्दुमा दिइँदै आएको अन अराइभल भिसा १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने। अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने।

    ५ मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टिनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने।

    ६ कूटनैतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।

    ७ व्यवसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।

    ८ विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने।

    ९ तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने।

    १० नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने।

    ११ अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने। १२ अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्र गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने।

    १३ संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरणलगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने।

    १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १-१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने। त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने।

    १५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्ने।

    १६ संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकताअनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने।

    १७ नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने। १८ नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहहरूलाई मे ३१ २०२० सम्मका लागि स्थगित गर्ने।

    १९ संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आमजनसमूदायलाई आह्वान गर्ने।

    कोरोनाको संक्रमण रोक्न बेलायतले केके गर्दैछ ?
    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढिरहेको अवस्थामा जोन्सनले बिहीबार आपतकालीन बैठक बोलाएका हुन् । बैठकपछि बेलायतले विद्यालय, फुटबल प्रतियोगिताहरु बन्द गर्नुका साथै सबै मानिसलाई घरमै बस्न अनुरोध गर्ने अपेक्षा गरिएको छ ।

    विश्वभर फैलिएको कोरोना भाइरसबाट बेलायतमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने ४५६ जना संक्रमित भएका छन् । तर बुधबार मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि सबै देशले थप सतर्कता अपनाएका छन् ।

    डेलीमेलका अनुसार बेलायतमा अस्पतालहरुले आपतकालीनबाहेक हजारौं अपरेशन रोकेका छन् । यस्तै अबको केही साताका लागि तय गरिएको कन्सर्ट, खेलकुदका कार्यक्रम र चाडपर्वहरु पनि सर्न सक्ने वा बन्द कोठाभित्र आयोजना हुन सक्ने बताइएको छ ।

    कोरोना भाइरसको प्रकोप बढेसँगै साउदी अरेबिया र भारतले पनि यस्तै योजना अघि सारेका छन् । अमेरिकाले पनि यूरोपको भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । बेलायतलाई पनि त्यत्तिकै रोक्न सम्भव छैन भन्ने महसुस भएकाले प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् । बेलायती स्वास्थ्यमन्त्रीले भने बुधबार बन्द गराउने सरकारको कुनै पनि योजना नरहेको बताएका थिए । उनकाअनुसार संसद्सम्म पनि बन्द नगराउने पक्षमा सरकार छ ।

    बेलायती स्वास्थ्य अधिकारीले आफूमा कोरोना भाइरससम्बन्धी कुनै पनि लक्षण देखा परेको खण्डमा आफैंलाई क्वारेन्टाइनमा राख्न आफ्ना नागरिकहरुलाई सुझाव दिएका छन् । बेलायतले कोरोना भाइरसबाट पार पाउन ३० अर्ब पाउण्ड स्टर्लिङ खर्च गर्ने योजना अघि सारिसकेको छ । केन्द्रीय बैंकले अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न ब्याजदर शून्य दशमलव २५ प्रतिशत अंक घटाउने निर्णय गरेको छ । बैंक अफ इंगल्याण्डले एक दशकअघिको वित्तीय संकटयता पहिलोपटक विना कुनै योजना ब्याजदर घटाएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ