• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    वुहानकी डाक्टरले कोरोनाबारे चीन सरकारविरुद्ध आक्रोसित हुँदै गरिदिइन यस्तो खुलासा, विश्व नै चकित

    6.8K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसको संक्रमण फैलिरहँदा कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानकी एक डाक्टरले भने चीन सरकारले आफूहरुलाई कोरोनाबारे बोल्नै नदिएको आरोप लगाएकी छन् ।

    चीन सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले आफूहरुले यो भाइरस प्राणघातक भएको र निकै तीव्र रुपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरुले आफूहरुलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको खुलासा गरेकी छिन् ।

    उनले यदि त्यतिबेलै सरकार र अधिकारीहरुले आफूहरुको कुरा सुनेको भए यो भाइरस यसरी महामारीको रुपमा नफैलिने दावी समेत गरेकी छिन् । वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका २४ देशमा पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

    वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइरस पत्ता लगाएका थिए उनको मृत्यु भइसकेको छ । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रोगका बिरामीको उपचार गर्दागर्दै मरे । तर, डिसेम्बरमा जब हामीले यो भाइरसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चुप लाग्न भनियो ।’

    डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भाइरसबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो । डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आकस्मिक विभागकी निर्देशक हुन् ।

    यो भाइरसको विषयलाई सामाजिक सञ्जालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जेलमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भाइरसले यति धेरै मानिसको ज्यान लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चुप बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जेलमा नै किन नहालोस् ।’

    डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक सञ्जालबाट पनि डा. फेनको अन्तरवार्ता हटाइएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनसट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक सञ्जालमा भाइरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

    डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बिरामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइरस सार्स कोरोनाभाइरसजस्तै भएको पाइएको थियो ।

    डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक सञ्जालमा राखेर विश्वलाई नयाँ कोरोनाभाइर फैलिइरहेको जानकारी दिए ।

    त्यही राति डा. फेनलाई यो नयाँ भाइरसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई धम्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ ।

    डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बिरामी आउन थालेका थिए । डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बिरामी छोराको मृत्युपछि डाक्टर उनका पितालाई मृत्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’

    चीनले कोरोना भाइरसको महामारी समाप्त भएको घोषणा गरेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार उक्त घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित संख्या कम हुँदै गएपछि यस्तो घोषणा आएको हो ।

    चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै यस्तो समाचार तयार पारेको हो । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

    हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

    कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन्। यस्तै बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ। कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।

    ‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’ संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेका छन्, ‘आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देश संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’

    चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्। टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

    विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।’अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

    जुन प्रकारले कोरोना भाइरस संसारका विभिन्न देशहरुमा पनि फैलिरहेको छ । त्यो भन्दा पनि यस भाइरससंग सम्बन्धित विभिन्न भ्रमहरु फैलिरहेका छन् । सामाजिक सञ्जालमा यो रहस्यमय भाइरसको बारेमा दिन-दिनै नयाँ-नयाँ कुराहरु उत्पन्न हुन थालेका छन् । जस्तै- के अत्याधिक चिसो अथवा बरफले यो भाइरसलाई नष्ट गर्न सकिन्छ ? के तातो पानीले नुहाउँदा यो भाइरसबाट बच्न सकिन्छ ? के चीनबाट आयत हुने उत्पादनहरुबाट पनि भाइरस फैलने खतरा हुन्छ ? विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससंग सम्बन्धित सम्पुर्ण भ्रामक तथ्यहरुको विस्तृत जवाफ दिएको छ ।

    कोरोना भाइरस एकदम चिसोका कारण नष्ट हुन्छ भन्ने प्रश्नको जवाफमा विश्व स्वास्थ्य संगठनले त्यस्तो भ्रममा विश्वास गनुको कुनै कारण छैन भनेको छ । चीसालेे कोरोना भाइरस अथवा अन्य कुनै भाइरस नष्ट हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको बारम्बार अल्कोहल युक्त ह्यान्डवास अथवा साबुन र पानीले हात सफासंग धुनु पर्छ ।

    त्यस्तै तातो पानीले नुहाउदा कोरोना भाइरससंग बच्न सकिन्छ भन्ने प्रश्नमा सामान्यतया मानिसको शरीरको तापक्रम ३६.५ डिग्री सेल्सियस देखि ३७ डिग्री सेल्सियससम्म हुन्छ । यस्तो स्थितिमा तातो पानीले नुहाएर कोविड-१९ भाइरसले बच्न सकिंदैन । त्यस्तो प्रकार दावी अर्थहीन हो । धेरै तातो पानीले नुहाउँदा यसले तपाइर्ंलाई नोक्सान पुर्‍याउन सक्छ ।

    के चीनीयाँ उत्पादनहरुले पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा चीन अथवा अन्य कुनै देशमा निर्मित उत्पादनहरुले कोरोना भाइरस फैलने कुनै खतरा हुँदैन । कोरोना भाइरस कुनै सतहमा केही घण्टा अथवा केही दिनसम्म मात्र बाँच्न सक्छ भन्ने कुरा सतहमा नै निर्भर हुन्छ ।

    कुनै पनि उत्पादन जुन लगातार घुमिरहेको छ अथवा अन्य देशका निर्यात गरिरहेको छ, त्यस्तो उत्पादनहरुबाट यो भाइरस फैलने सम्भावना अत्यन्त कम हुन्छ । सामान आयात र निर्यात हुने क्रममा भिन्दा-भिन्दै तापक्रम र मौसमको सामना गर्नु पर्छ, जसका कारण भाइरस बाच्ने सम्भावना न्युन हुन्छ । यदि तपाईंलाई सामानहरुको सतह दूषित छ भन्ने लाग्छ भने यसलाई कीटाणुनाशकले राम्रोसंग धुन सक्नु हुन्छ ।

    के लामखुट्टेबाट पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा अहिलेसम्म त्यस्तो कुनै सूचना अथवा प्रमाण फेला परेको छैन । कोरोना भाइरसले शरीरको श्वास प्रणालीमा हमला गर्छ । कोरोना भाइरसबाट ग्रसित व्यक्तिले जब खोक्छ अथवा हाछ्यूँ गर्ने क्रममा थुकको अति नै सुक्ष्म थोपाको माध्यमबाट कोरोना भाइरस वरपर रहेका मानिसहरुको शरीरमा फैलन्छ । यस बाहेक र्‍यालको माध्यमबाट पनि यो भाइरस फैलिन्छ । त्यसैले कोरोना भाइरसबाट बच्नका लागि त्यस्ता व्यक्तिहरुबाट टाढा रहनु पर्छ, जसले हाछ्यूँ अथवा खोकी रहेको छ ।

    के हृयान्ड ड्रायरले कोरोना भाइरस मर्छ भन्ने ? प्रश्नका जवाफमा यसले कोरोना भाइरस नष्ट गर्न कुनै किसिमको प्रभावकारी भुमिका हुँदैन । अल्कोहलयुक्त हृयान्डवासबाट हात बारम्बार सफा गर्ने अथवा साबुन पानीले राम्रोसंग हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । हात धोएपछि हृयान्ड ड्रायर्स अथवा टिश्यू पेपरको माध्यमले हात पुछ्न सक्नु हुन्छ ।

    अल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्प (पराबैजनी कीटाणुनाशक ल्याम्प)ले कोरोना भाइरसलाई मार्न सक्छ ? भन्ने प्रश्नमा हात अथवा शरीरका कुनै पनि अन्य अंगहरुलाई किटाणुरहित राख्नका लागि हल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्पको प्रयोग गर्नु हानिकारक हुन सक्छ । यो छालाका लागि हानिकारक हुन सक्छ । कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचानका लागि थर्मल स्क्यानर कतिको प्रभावकारी हुन्छ ? भन्ने प्रश्नमा थर्मल स्क्यानर पूर्ण रुपमा प्रभावकारी हँुदैन ।

    थर्मल स्क्यानरले त्यो बेलामा मात्र कोरोना भाइरसको पहिचान गर्न सक्छ, जब कुनै व्यक्तिलाई इन्फेक्सनका कारण ज्वरो आएको हुन्छ अथवा उसको तापक्रम सामान्य भन्दा बढि भएको हुन्छ । थर्मल स्क्यानर कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिहरुको पहिचान गर्न सक्दैन, जसलाई ज्वरो आएको हुँदैन । त्यस्तो हुनुको मुख्य कारण भनेको कोरोना भाइरसबाट संक्रमित भएपछि स्वास्थ्य बिग्रन र ज्वरो आउन दुईदेखि १० दिनको समय लाग्छ ।

    सम्पूर्ण शरीरमा अल्कोहल अथवा क्लोरीन छर्केर भाइरसबाट बच्न सकिन्छ ? भन्ने प्रश्नमा त्यस्तो गर्दा भाइरसबाट बच्ने ग्यारेन्टी हुँदैन । जुन भाइरस पहिला नै तपाईंको शरीरमा प्रवेश गरिसकेको हुन्छ, यस प्रकारको छर्केने प्रक्रियाले त्यो मर्दैन । त्यसो गर्नाले लुगा अथवा तपाईंको शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । यदि उचित मात्रा अथवा दिशानिर्देश अनुसार प्रयोग गरियो भने क्लोरीन अथवा अल्कोहल कुनै पनि सतहको कीटाणुरहित गर्न सहयोगी हुन्छ ।

    के घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलन्छ ? भन्ने प्रश्नको जवाफमा हङकङमा एक महिलाबाट उसको घर पालुवा कुकुरलाई कोरोना भाइरस फैलिएको खबर अगाडि आएको छ । त्यसैले मानिसहरुबाट घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलने खतरा छैन भन्न सकिंदैन । तर पशुहरुबाट मानिसमा कोरोना भाइरस फैलिएको बारेमा अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन । अहिले नै घरपालुवा जनावरले कोरोना भाइरस फैलन सक्छ अथवा सक्दैन भन्ने सम्बन्धमा कुनै दावी गर्न सकिंदैन । यस्तो अवस्थामा आफ्नो हात निरन्तर सफा गर्नु आवश्यक छ । हात धुनाले कोरोना मात्र हैन घरपालुवा जनावारबाट मानिससम्म पुग्न सक्ने विभिन्न किसिमको अन्य भाइरसबाट पनि बच्न सकिन्छ ।

    के निमोनियाबाट बचाउने भ्याक्सिन कोरोना भाइरसमा पनि प्रभावी हुन्छ ? भन्ने प्रश्नको जवाफमा निमोनियाको भ्याक्सिन कोरोना भाइरसबाट बच्नका लागि कुनै भुमिका छैन । यो भाइरस अत्यन्त नयाँ र भिन्दै किसिमको छ । त्यसैले सर्वेक्षणकर्ताहरु यसको लागि विशेष प्रकारको भ्याक्सिन पत्ता लगाउनका लागि जुटेका छन् । अहिले स्वास-प्रस्वास सम्बन्धि रोगबाट बचाउने भ्याक्सिनलाई कोरोना भाइरससंग बचाउनका लागि सिफारिस गरिएको छ ।

    के लहसुनको सेवनले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा विभिन्न औषधिको गुणहरु भएको लहसुन स्वास्थ्यका लागि अति नै लाभदायक छ । तर त्यस्तो कुनै प्रमाण अहिलेसम्म उपलब्ध भएका छैनन्, जसले लहसुनको सेवन गर्नाले कोरोना भाइरसबाट बच्न सक्ने प्रामाणित भएको छैन ।

    के कोरोना भाइरसले वृद्धाहरुलाई मात्र हमला गर्छ ? भन्ने प्रश्नको जवाफमा कोरोना भाइरसले कुनै पनि उमेरका मानिसहलाई आफ्नो शिकार बनाउन सक्छ । तर पहिलेबाट नै दम, मधुमेह, मुटु सम्बन्धि समस्या आदिबाट ग्रसित व्यक्तिहरु र वृद्धाहरुलाई यो भाइरबाट धेरै खतरा हुन सक्छ । भाइरसको चपेटामा आउनाले त्यस्ता व्यक्तिहरुको स्वास्थ्य झन विग्रन सक्छ । त्यसैले सबै उमेरका व्यक्तिहरुले यो भाइरसबाट बच्नका लागि आवश्यक कदम उठाउनु पर्छ ।

    के एन्टीबायोटिक कोरोना भाइरस उपचार अथवा बचावमा सहयोगी साबित हुन्छ ? भन्ने प्रश्नको उत्तरमा एन्टीबायोटिकहरुले केवल ब्याक्टेरियाबाट मात्र बचाउँछ । भाइरसबाट बच्नमा यसको कुनै भुमिका रहँदैन । कोविड-१९ एउटा भाइरस हो , त्यसैले एन्टीबायोटिकको प्रयोग यसबाट बच्न अथवा यसको उपचारका लागि गरिंदैन । तर कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई अस्पताल भर्ना हुँदा उसलाई एन्टीबायोटिक पनि दिइन्छ । किनभने कोरोना भाइरस संक्रमणको क्रममा उसलाई ब्याक्टेरियल इन्फेक्शनको धेरै खतरा हुन्छ ।

    कोरोना भाइरसको उपचारका लागि कुनै औषधि छैन ? भन्ने प्रश्नमा अहिलेसम्म त्यस्तो कुनै विशेष औषधि उपलब्ध छैन । तर यस भाइरसबाट संक्रमित विरामीहरुको विभिन्न अस्पतालहरुमा अन्य सहयोग औषधिहरुको माध्यमले उपचार गरिरहेको छ । धेरै विरामीहरुलाई सपोर्टिभ केयरमा राखिएको छ । भाइरसबाट बचावका लागि औषधि र भ्याक्सीन तयार गर्नका लागि सर्वेक्षणकर्ताहरुले दिनरात काम गरिरहेका छन् । छिटटै कोरोना भाइरसको औषधि पत्ता लाग्ने छ भन्ने सबैको अपेक्षा रहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ