• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    माछापुच्छ्रे बैंकको कामु सीइओमा सन्तोष कोइराला नियुक्त

    2.2K
    SHARES

    काठमाडौं । आक्रामक व्यापार विस्तारले सकारात्मक वित्तीय परिसुचकहरु हासिल गर्दै आएको माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् । कामु सीईओको जिम्मा पाएका कोइराला गत दुई बर्षदेखि सोही बैंकमा नायव प्रमुख कार्यकारीको रुपमा कार्यरत थिए ।

    नेपालको बैंकिङ क्षेत्रमा २० बर्ष लामो अनुभव हासिल गरेका कोइरालाले माछापुच्छ्रे बैंकमा पनि ७ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् । बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरि ४ बर्ष बिताएका कोइराला सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंकमा आएका हुन् । सानिमा बैंकमा उनले करिब ९ वर्ष काम गरेका थिए ।

    त्रिभूवन विश्वविद्यालयबाट एमवीए गरेका कोइरालाले नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा गरेका छन् । सञ्चालक समितिले अब बैंकभित्रैबाट सीईओ नियुक्त गरिनेबारे छलफल चलाएको छ । सम्भवत आगामी ३ महिनाभित्रै कोइरालालाई नै कन्फर्म सीईओ बनाउने तयारी भैरहेको बताइन्छ ।

    माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा २३ महिनापछि बाहिरिएका छन्। अघि प्रमुख कार्यकारी नियुक्त भएका शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन्। माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए।

    त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए। शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको थियो। उनी ‘ब्यक्तिगत कारण’ देखाउँदै बाहिरिन लागेको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।

    प्रतिक्रिया