• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    निवर्तमान मन्त्री गोकुल बाँस्कोटाकाे घरमा शक्तिशाली ब’म वि’स्फोट, क्षतिको विवरणसहित

    4.4K
    SHARES

    काठमाडौं । ७० करोड काण्डमा मुछिएका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर ब’म विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित वि’स्फोट भएको हो।

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्र’स्त भएको छ। वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षति’ग्रस्त भएका छन्। ब’म विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।

    बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्र’हरीको गस्ती नभएको मौका पारेर ब’म विस्फोट गराइएको हो। घटनास्थलमा एसपी सविन प्रधानको नेतृत्वमा प्रहरी टोली खटाइएको छ । ब’म विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

    सेक्युरिटी प्रिन्टिङ प्रेससँग सम्बन्धित विषयमा एक स्विस कम्पनीका एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनकाे व्यापक विरोध अहिले पनि भइरहेको छ । साेहि अडियो प्रकरणपछि उनले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

    के हो आरोप?
    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसले प्रेस विज्ञप्तिमार्फत् निष्पक्ष अनुसन्धान गर्न समेत माग गरेको थियो।

    यसअघि सञ्चारमन्त्रीसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि नेकपाका शीर्ष नेताहरूको ध्यानाकर्षण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए। “प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच नियमित भेटघाट भइरहेको छ। त्यो विषयमा पनि कुरा होला,” थापाले भने, “तर त्यही विषयमा केन्द्रित भएर चाहिँ बैठक बसेको होइन।”

    कहिलेको घटना हो?
    स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री बुधवार अपराह्ण हाम्राकुरा डट कमबाट सार्वजनिक भएको थियो। स्विस कम्पनीका प्रतिनिधि भनिएका मिश्रले ‘मन्त्री बाँस्कोटासँगको उक्त कुराकानी डेढ वर्षअघि नै भएको’ बताएका छन्।

    के हो सेक्युरिटी प्रिन्टिङ प्रेस?
    स्वदेशमै सुरक्षित मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नेपाल सकारले निर्णय गरेको थियो। प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै गर्न सकिने बताइन्छ।

    बिहीवार संसद्‌को सार्वजनिक लेखा समितिमा पनि प्रिन्टिङ प्रेस खरिदको विषयमा छलफल हुने पूर्वनिर्धारित कार्यक्रम थियो। कांग्रेसले आफ्नो विज्ञप्तिमा भनेको छ: “७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडिओ ‘हाम्रा कुरा’ मार्फत् सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सार्वजनिक रूपले आग्रह गर्दछ।”

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै लेखेका छन्: “अरूको आङको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आङको भैँसी हेर्ने हो कि प्रम@kpsharmaoli ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको?”

    पूर्वउपप्रधानमन्त्री कमल थापाले सञ्चारमन्त्रीलाई पदबाट हटाई आवश्यक छानबिन गर्न माग गरेका छन्। साझा पार्टीका तर्फबाट प्रवक्ता सूर्यराज आचार्यले एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्री बाँस्कोटालाई तुरुन्त पदमुक्त गरी निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीसँग जोडदार माग गरेका छन्।

    “अब अति भइसक्यो। साझा पार्टी आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानबिन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।

    गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले भने- अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो

    प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बोलेको अडियोमा विश्वसनीयता नहरेको बताएका थिए । गत बिहीबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले अडियोमा विश्वस्नीयता नभएको दाबी गरे ।

    यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सन्दर्भमा आफ्नो पनि नाम जोडिएको भन्दै उनले त्यसलाई पत्रु उजुरीको संज्ञा दिए । ‘बाँस्कोटाजी प्रमाणीत भए जेल सजाय जानुहुन्छ, मुद्दा पनि चलेको छैन । मेरो पनि नाममा उजुरी हालेको छ । यही त्यसो हो भने त्यो काम नलाग्ने पत्रु उजुरी हो,’ उनले भने ।

    ‘अडियो रेकर्ड गरेको छु भन्दैमा हुन्न, त्यो विषयमा दुई देशका सरकारको कुरा भएको छ, स्वीससँगको सन्दर्भमा कुरा नै होइन, सबै आन्दोलन गर्ने र शत्रुता बढाउने खेल हो, सरकार भ्रष्टाचारको बाटो समाउँदैन,’ उनले भने । उनले सरकारको अबको कार्यभार विकास निर्माण भएको तर्क गरे । देशमा सुशासन, विकास आवश्यक रहेको भन्दै त्यसैमा सबै जुटेर लाग्ने बताए ।

    उनले सरकार सुशासन र सदाचारको पक्षमा रहेको, भ्रष्टाचारीलाई कारबाही गर्ने काम जारी छ । आर्थिक अपराध होस् वा १२÷१३ वर्षअघिदेखिका वित्तीय अपराधका कामको उजागर गरिएको समेत दाबी गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ